कोषाध्यक्षको जिम्मेवारीमा रहेर संघमा काम गर्ने चाहना छ : सोम सापकोटा ।

Devghat Online

शेयर गरौ

एनआरएनएको आगामी ग्लोबल सम्मेलनमा बर्तमान कार्यसमिका सहकोषाध्यक्ष सापकोटाले आर्थिक रुपमा संस्थालाइ बलियो बनाउने योजनासहित आगामी कार्यकाल का लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्  ।

संस्थाका लागि आर्थिक पाटो महत्त्वपूर्ण छ तर तत्काल रिजल्ट आएको छैन, धेरै प्रोजेक्टमा कमिटमेन्ट भएको छ तर उठेको छैन, मेगा प्रोजेक्टको अवस्था उस्तै छ, र योजना हरु आर्थिकरुपले माइनस मा छन् तर पनि यसको ब्वेस्थापन गर्न सकिन्छ, त्यसको सुरुवात म गर्छु ।

सन् १९९६ मा स्वीजरल्याण्डबाट प्रवासी जीवन सुरु गरेका सापकोटा २००६ मा गैर आबासिय नेपाली संघ एन, सी,सी पोर्तुगल को कार्य समिती सदस्य २००९ -११ डेनमार्कका संस्थापक अध्यक्ष, २०११ -१३ गैर आबासिय नेपाली संघ केन्द्रीय सदस्य साथै २०१३-१५ यूरोप सहसंयोजक २०१५ -१७ केन्द्रीय सदस्यमा रहेर सकुसल सस्थाग जिमेवारी पुरा गरेका सापकोटा बर्तमान केन्द्रिय समितिमा सह कोषाध्यक्ष रुपमा कार्यरत छन् ।

गैर आबासिय नेपाली संघ कोषाध्यक्ष मा रहेर जिम्मेवारी पूर्ण काम गरेका सापकोटले यो कार्यकाल बाकि रहेका अधुरा योजना सपन्न गर्न साथै आर्थिक रुपले समप्पन्न एन आर एन ए निर्माण अभिया न समर्पित हुने उदेस्य सहित आगामी कार्यकाल का लागि कोषाध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी गराएका छन्। मौजाद कार्य समितिमा निडर,एक्टिभ र गैर आबासिय नेपाली संघ नजिक बाट बुजेको सदस्य को रुपमा आफुलाई स्थपित गरेको छन्।

सस्था मा सबै खाले एन आर एन र संसार का सबै रिजन बाट केन्द्रिय समिति मा प्रतिनिधित्व हुनु पर्ने साथै गैर आबासिय नेपाली संघ सुरुवात बैदिसिक रोजगार बाट सुरु हुने हुनाले एन आर एन ए को भूमिका बैदेसिक रोजगार मा बब्स्थापन र सहायोग मा हुने पर्ने उनको जिगिर छ।बर्तमान कार्य समितिमा रहदा उनले नेपाल टुरिजम प्रमोसन कमिटी को संयोजक साथै बैदेसिक रोजगार कल्याण कारी कोष कोसंयोजक पद मा रही रचनात्मक काम गरेका सापकोटा एन आर ए अभियान मा आफुलाई अब्बल दर्जा को एन आर एन मा स्थापित गरेका छन।

यूरोप को २५ वर्ष को बसाइ अनि एन आर एन ए को स्थपना काल देखि नै सक्रिय सापकोटा ले विभिन्न खाले सामाजिक कार्य गरि आफ्नो समाज र मातृभूमि प्रति आफ्नो जिम्मेवारी पुरा गरेका छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो