कतारको जेलमा थुनिएका चितवनका बिनोद रानाभाट नेपालमा

Devghat Online

शेयर गरौ

चितवन :  कतारको जेलमा थुनिएका माडीका युवा बिनोद रानाभाट आज स्वदेश फर्किएका छन्। बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुगेका चितवन माडी नगरपालिका वडा नं। ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिएका थिए ।

रानाभाटलाई भारतीय कामदारले आ क्रमण गरेकोमा आफ्नो ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारतकै अर्का कामदारको मृ त्यु हुन पुगेको थियो । कतारस्थित अल ग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहनुभएका उन लाई घटना लगत्तै कतार पुलिसले प क्राउ गरी ओक्रा जे लमा राखी मु द्धा चलाएको थियो ।

मु द्धाको फैसला अनुसार रानाभाटले ५ महिना भित्र भारतीय कामदारको परिवारलाई ब्ल ड मनीका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करीब ८२ लाख रुपैयाँ बुझाउनुपर्ने पारिवारिक श्रोतले जनाए अनुसार उद्धारका लागी रानाभाटको आर्थिक अवस्था कमजोर रहेकोले बिनोद रानाभाट रिहाइ तथा उद्धार समिति गठन गरि सवै संग सहयोग उठाएर करीब ८२ लाख रुपैयाँ नेपाल बाट पठाई उनलाई उद्दार गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्