मुस्ताङको कागबेनीमा सोह« श्राद्ध आरम्भसँगै श्राद्ध तथा पितृ तर्पण कार्य गर्न नदिएको विषयमा हिन्दू युवाहरुले विरोध जनाएका छन् ।
रिपोटर्स क्लब नेपालमा सोमबार संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति र विश्व हिन्दू महासंघ उपत्यका समितिले विरोध गरेका हुन् । उनीहरुले तत्काल श्राद्ध तथा पितृ तर्पण गर्ने कार्य सुचारु नगरे देशभरि सनातन धर्म संस्कृति संरक्षणको लागि सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएका छन् ।
कार्यक्रममा बैंकेटेश्वर पीठाधीश स्वामी पद्यमधराचार्यले श्राद्ध, तर्पण गर्ने सनातन परम्परा रहेको बताउँदै कागबेनीमा श्राद्ध कार्य रोकिनु दुःखद् भएको टिप्पणी गरे । उनले मृत आत्माको मुक्ति तथा मोक्ष तीर्थस्थलमा श्राद्ध तथा तर्पण गरेपछि मात्रै प्राप्त हुने भएकोले सो पूण्य कार्य गर्न कोही कसैबाट रोकावट हुन नहुने धारणा राखे । उनले भने,‘यस्तो पूण्य काममा अवरोध गर्नु भनेको पाप गर्नु हो । त्यसैले अविलम्ब यो गलत कार्य रोक्नुपर्छ ।’
त्यस्तै, विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले कागबेनीमा एक दर्जनभन्दा बढी ब्रम्हाणहरूले दैनिक कार्य गर्दै आएकाहरूलाई त्यहाँ अवरोध गरिएकोमा कडा आपत्ति जनाएका छन् । सनातनदेखि वैदिक, बौद्ध, जैन, शिखलगायतका समस्त ॐकार परिवारहरूबीच रहँदै आएको धार्मिक सहिष्णुतालाई खलल पु¥याउने गरी भइरहेका गलत कार्यलाई तत्काल नियन्त्रण गर्न नेपाल सरकारसमक्ष समेत उनीहरुको माग छ ।