माडीमा वृद्धालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ पक्राउ

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन

चितवन,माघ १६ ।
चितवनको माडीमा एक वृद्धामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ गरेका छन् । माडी नगरपालिका वडा नं. २ सितलपुरमा बोल्न नसक्ने वृद्धामाथि बुधबार साँझ सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । सामूहिक बलात्कारको आरोप लागेका माडी ४ शिलतपुर निवासी १८ वर्षका सन्दिप भण्डारी, २८ वर्षका रमेश सारु मगर र २५ वर्षका सुरेश चापागाईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माले जानकारी दिए ।

पूजा भएको ठाउँबाट घर फर्किन लागेकी वृद्धालाई खोला नजिक लगेर तीन जना युवाले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरिरहेको अवस्थामा पीडितका दाजुले देखेपछि सन्दिप भण्डारीलाई घटनास्थलबाट नै नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरिएको थियो । अन्य दुई जनालाई भण्डारीकै सूचनाका आधारमा पक्राउ गरिएको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय माडीबाट बिहीबार बिहान जिल्ला सदरमुकाम भरतपुरतर्फ पठाइएको छ । पीडित महिलालाई पनि स्वास्थ्य परीक्षणका लागि भरतपुर पठाउने तयारी गरिएको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए । नारायणी अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक