माडीमा वृद्धालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ पक्राउ

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन

चितवन,माघ १६ ।
चितवनको माडीमा एक वृद्धामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ गरेका छन् । माडी नगरपालिका वडा नं. २ सितलपुरमा बोल्न नसक्ने वृद्धामाथि बुधबार साँझ सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । सामूहिक बलात्कारको आरोप लागेका माडी ४ शिलतपुर निवासी १८ वर्षका सन्दिप भण्डारी, २८ वर्षका रमेश सारु मगर र २५ वर्षका सुरेश चापागाईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माले जानकारी दिए ।

पूजा भएको ठाउँबाट घर फर्किन लागेकी वृद्धालाई खोला नजिक लगेर तीन जना युवाले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरिरहेको अवस्थामा पीडितका दाजुले देखेपछि सन्दिप भण्डारीलाई घटनास्थलबाट नै नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरिएको थियो । अन्य दुई जनालाई भण्डारीकै सूचनाका आधारमा पक्राउ गरिएको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय माडीबाट बिहीबार बिहान जिल्ला सदरमुकाम भरतपुरतर्फ पठाइएको छ । पीडित महिलालाई पनि स्वास्थ्य परीक्षणका लागि भरतपुर पठाउने तयारी गरिएको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए । नारायणी अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा