ह्याक भयो लाइसेन्सको अनलाइन फारम प्रणाली, सेवा ठप्प

Devghat Online

शेयर गरौ

सुधिर भण्डारी
काठमाडौं , माघ १७

सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम प्रणाली ह्याक भएको छ।

बुटवल, पोखरालगायत ठाउँको अनलाइन फारम प्रणाली ह्याक भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।

‘फारम भर्न सकिएन भनेर धेरै गुनासो आयो। जाँचबुझ गर्दा पोखरा र बुटवलमा एउटै आईपी एड्रेसबाट अस्वभाविक रूपमा धेरै फारम भरिएको भेट्यिो,’ हमालले सेतोपाटीसगँ भने।

विभागको आइटी डिपार्टमेन्टले अनलाइन फारम प्रणाली ह्याक भएको आशंकामा हालको लागि अनलाइन फारम बन्द गरेको छ। काठमाडौंमा समेत ह्याक भएको हुनसक्ने विभागको आशंका छ।

‘बिचौलियाहरुले बिहानै ह्याक गरेर पैसा तिर्ने सेवाग्राहीको फारम भर्ने रहेछन्। अरूले भर्ने नमिल्ने रहेछ। त्यसैले हाल हाम्रो आईटी डिपार्टमेन्ट अनलाइन प्रणाली परिमार्जन गर्न प्रयासरत छ,’ हमालले भने।

यसबारेमा प्रहरीलाई समेत जानकारी दिइसकेको उनले बताए।

विभागले एउटा आइपी एड्रेसबाट सीमित फारममात्र भर्न मिल्ने व्यवस्था मिलाउन लागेको उनले जानकारी दिए।
सेताेपाटिबाट साभार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले