सांसद कृष्णभक्त पोखरेलको पहलपछि हात्तिवाङ्ग झलमल्ल !

Devghat Online

शेयर गरौ

हात्तिवाङ्ग
चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलको विषेश पहल गरेपछि चितवनको इच्छाकामना गाउँपालिका १ हात्तिवाङ्ग गाउँ अहिले बिजुलीले झलमल्ल भएको छ ।
हात्तिवाङ्गमा झण्डै चार वर्ष अघि नै बिजुली बाल्ने भनेर पोल र तार टाँगेको भए पनि विविद्य कारणले बिजुली बल्न सकेको थिएन । सांसद पोखरेलले पहिलो पटक सांसद हुदा देखि नै उक्त गाउँमा बिजुली बाल्न पहल गरेका थिए । तर उनको पहल सफल हुन सकेको थिएन ।

लामो समयको पर्खाइ र विभिन्न वाधा व्यवधान पश्चात बल्ल हात्तिवाङ्गमा बिजुली पुगेको छ । सांसद पोखरेलले नै आज बुधबार बिधुतीकरण समुद्घाटन गरेका छन् ।
बिधुतीकरण समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पोखरेलले ४ वर्ष अघिदेखिको आफ्नो सपना बल्ल पुरा भएको बताउनुभएको छ ।
२०७१ सालमा सांसद पोखरेलले नै आर्थिक वर्ष २०७१/०७२ को सांसद विकाश कोषबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरेर तात्कालिन काउले गाविसको हात्तिवाङ्गमा विद्युतिकरणको लागि पहल गरेका थिए । त्यसपछि दोस्रोपटक पनि उनले आर्थिक वर्ष २०७२/०७३ को सांसद विकाश कोषबाट १५ लाख रुपैयाँ बजेट थप गरेको र तात्कालिन काउँले गाविसबाट ५ लाख बजेट विनियोजन भै करिब ४० लाख बजेटबाट सोहि समयमा पोल र तार टाँग्ने काम भएको इच्छाकामना गाउँपालिका १ का वडाध्यक्ष नन्दलाल गिरीले स्मरण गर्नुभयो । तर ४ वर्ष अघि नै पोल र तार टाँगेको भए पनि नेपाल विद्युत् प्राधिकरणकै शाखा कार्यालयहरुको आवश्यक समन्वय हुन नसकेका कारण विजुली बल्न नसकेको वडाध्यक्ष गिरीले बताउनुभयो ।

पछिल्लो समय सांसद पोखरेल कै पहलमा आवश्यक सामाग्री धादिङ्ग वितरण केन्द्रको आवश्यक पहलमा नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङ्गसँग छलफल गरि धादिङ्ग वितरण केन्द्र मार्फत आवश्यक बाँकी काम भएपछि हात्तिवाङ्ग बिजुली बल्ने अवस्था सृजना भएको उहाँले बताउनुभयो ।
आजदेखि इच्छाकामना गाउँपालिका १ हात्तिवाङ्गको ७५ घरधुरीमा बिजुली बल्न सुरु गरेको छ । झण्डै ४ वर्षपछि बिजुलीले गाउँ नै झिलीमिली भएपछि स्थानीवासी भने खुशीले दङ्ग परेका छन् ।

विद्युतिकरण समुद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य घनश्याम दाहाल, इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृति कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । इच्छाकामना न्युज बाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरलाई राष्ट्रिय रुपमा परिचित गराउन तीज सप्ताहन्न उत्सव सफलः सांसद न्यौपाने

बन्दीपुर, भदौ २२ राष्ट्रिय सभाकी सांसद एवं राष्ट्रिय सभामा सत्तापक्षकी प्रमुख सचेतक भगवती न्यौपानेले तनहुँको