देवघाटको राहत कोषमा सामुदायीक वनको चार लाख

Devghat Online

शेयर गरौ

३० चैत्र, देवघाट
विश्व व्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण र जोखिम न्युनिकरण गर्न लागु गरिएको लकडाउनले समस्यामा परेका देवघाट गाउँपालिका अन्तर्गत रहेका असंगठित क्षेत्रमा कार्यरत दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक वर्ग तथा असहाय र विपन्न नागरिकहरुलाई दैनिक जीवन यापनकालागि राहत सामग्री उपलब्ध गराउनका देवघाट गाउँपालिका वडा नं. ५ स्थित बिभिन्न सामुदायिक वनहरुले आर्थिक सहयोग गरेका छन् ।
वडा नम्बर ५ अन्तर्गतका ७ वटा सामुदायीक वनले राहत रकमको चेक वडा अध्यक्ष यालबहादुर गुरुङलाई हस्तान्तरण गरेका छन् । उक्त रकमको चेक सोमबार वडा अध्यक्ष गुरुङले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलाई हस्तान्तरण गरे । गाउँपालिका भित्रका विपन्न र असहाय नागरिकलाई दैनिक गुजाराकोलागि सहयोग गरेको गाउँपालिकाको सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष भोजराज नैनावस्तीले बताए ।
राहत कोषमा मधुवन सामुदायिक वनले १ लाख, चौकीडाँडा सामुदायिक वनले ५० हजार, सोलीघोप्टे सामुदायिकले ५० हजार, चक्रवर्ती सामुदायिक वनले ५० हजार, देउती सामुदायिक वनले ५० हजार, सिता सामुदायिक वनले ५० हजार, र कालिका सामुदायिक वन उपभोक्ता समितिले ५० हजार रुपैयाँ प्रदान गरेका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले अहिलेको विपद्को समयमा सबैले सहयोग गर्नु पर्ने भन्दै सहयोग गर्न चहानेले गाउँपालिकाको राहत कोषमा जम्मा गर्न सक्ने बताए । वडा अध्यक्ष गुरुङले सामुदायीक वनको सहयोग अतुलनीय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण