५ बैशाख, तनहूँ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाकी सांसद रामकुमारी झांक्रीको पछिल्लो दिनको अभिव्यक्ति विरुद्ध तनहूँबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरु उत्रिएका छन् । प्रतिनिधि सभाका सांसद कृष्णकुमार रुेष्ठ किसान र राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानले विहिबार सामाजिक सन्जालमा स्टाटस लेख्दै सांसद झांक्रीको अभिव्यक्तिको विरोध गरेका हुन् ।
सांसद श्रेष्ठले अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा सिङ्गो देश एकताबद्ध भएर लडिरहेको अवस्थामा सांसद झांक्रीले प्रधानमन्त्रीेको सचिवालयको संख्याको बारेमा मढगणन्ते र कपोल्कल्पित भनाई सार्वजनिक गरेर चर्चामा आउन खोजेको बताएका छन् । मिडिया खपतकोलागि सांसद झांक्रीको यस्तो निराधार र कपोल्कल्पित आरोप यो मात्रै पहिलो नभएको र भन्दै सांसद श्रेष्ठले आफु विरुद्धको कुरा गरे कहिले कसलाई टेलिफोनमा अपशब्द प्रयोग गरि खुट्टा भाच्छु भनेर धम्की दिने त कहिले सम्माननीय राष्ट्रपति ज्युले बिदेशमा रहेका नेपालीहरुसँग सम्वाद गर्दा बडामाहारानीको शैली भनेर आलोचना गर्ने त कहिले आफु समेत सदस्य रहेको संसदले सर्वसम्मतिले पारित गरेको भुमि सम्बन्धि कानुनको बिरुद्धमा सन्चार माध्यममा अन्तर्वार्ता दिने झांक्रीको शैलीले उनी काम भन्दा पनि मिडिया खपतको लागि बोल्ने गरेको पुष्टि हुने बताएका छन् ।
अहिले सिङ्गो देश कोरोना बिरुद्ध लडिरहँदा प्रतिपक्षी दलले समेत यो बेला बिरोध गर्ने हैन, सरकारलाई सहयोग गर्नु पर्छ भनेर आलोचनात्मक सहयोग गरिरहेको भन्दै सांसद श्रेष्ठले सरकारको बिरोध गर्नको लागि जति भएपनि समय पाउने तर पहिला कोरोना भाइरसलाई परास्त गर्नु पर्नेर त्यसपछि बस्ने संसद बैठकमा आफ्नो कुरा मज्जाले राख्न पाउने भन्दै त्यती बेलासम्म धैर्य गर्न झांक्रीलाई अनुरोध गरेका छन् ।
यसैगरि राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानले सांसद झांक्रीको नाम नलिईकन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाकै नेताहरुबाट सरकारप्रति असन्तुष्टि पोखिएको प्रति प्रतिवाद गरेकी छिन् । सांसद न्यौपानेले चर्चा कमाउनकै लागि स्ट्याटस लेख्ने नेताहरुप्रति लक्षित गर्दै नेताहरुलाई मतान्तर भए भेटेर बहस सुझाव दिंदै फेसबुकमा नर्बर्बराउन अनुरोध गरेकी छिन् ।
सांसद न्यौपानेले राम्रो काम गरे आफै चर्चा हुनेभन्दै लाइक र शेयरका लागि अनावश्यक होहल्ला नगर्न अनुरोध गरेकी छिन् । हिजो कुम जोडेर हिड्नेहरु नै अहिले स–सना कुरा चित्त नबुझेपनि फेसबुक मार्फत ओकल्न थालेको भन्दै न्यौपानेले चित्त नबुझेका कुरा फोन गरेर, भेटेर छलफल गर्नुपर्ने बताएकी छिन् ।
आबुँखैरेनी अस्पतालमा पहिलो पटक हर्नियाको सफल अप्रेशन
दमौली, मंसिर २२ आबुँखैरेनी गाउँपालिकाले सन्चालन गरेको आबुखैरेनी अस्पतालमा हर्नियाको अप्रेशन सुरु गरिएको छ ।