तरकारी उत्पादक कृषकको समस्याको बारेमा सांसद श्रेष्ठको चासो

Devghat Online

शेयर गरौ

जिल्लामा उत्पादित तरकारी जिल्लामै खपत गराउनु पर्नेमा जोड

५ बैशाख, दमौली
तनहूँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले तनहूँका तरकारी उत्पादक कृषकको समस्याको चासो देखाएका छन् । तरकारी विक्री नभएर बारिमै कुहिने अवस्था आएपछि सांसद श्रेष्ठको पहलमा शुक्रबार आवुँखैरेनी गाउँपालिका–१ बरादीका तरकारी उत्पादक कृषक तथा सरोकारवालाहरुको विचमा छलफल आयोजना गरियो ।
सांसद श्रेष्ठको पहलमा भएको सो बैठकमा भौतिक रुपमा उपस्थित हुन नसकेपछि भिडियो सन्देश दिँदै सांसद श्रेष्ठले जिल्लामा उत्पादित तरकारी, दुध, अन्डा, माछा मासु र अन्य खाद्यान्नहरु जिल्लामा नै खपत गराउनु पर्ने बताए ।
यसको समन्वय स्थानीय तहरुले गर्नु पर्ने भन्दै सांसद श्रेष्ठले अव लकडाउन अवधिभर भारतबाट तरकारी भित्रिन नदिई जिल्लामै उत्पादित तरकारी र खाद्यान्नको खपत गराउनु पर्ने बताए । जिल्लाका अन्य स्थानीय तहसँग पनि यस विषयमा छलफल गर्ने भन्दै सांसद श्रेष्ठले सबै पालिकाले कृषकलाई राहत दिने विषयमा ध्यान दिनु पर्ने बताए ।
जिल्लामा उत्पादित तरकारी विक्री नभएर कृषकहरु मारमा परेको तर भारतीय बजारबाट धमाधम तरकारी र खाद्यान्न भित्रिएको भन्दै मिलिजुली कृषि उत्पादक सहकारी संस्था आवुँखैरेनीका अध्यक्ष इश्वरबाबु गौलीले अहिलेसम्म कुनै पनि निकायले जिल्लामा उत्पादित तरकारीको व्यवस्थापनमा चासो नदेखाएको बताए । सांसद श्रेष्ठको पहलमा पहिलो पटक तरकारी उत्पादक कृषकहरुको समस्याको बारेमा चासो राखिएको भन्दै अव जिल्लाकै तरकारीले बजार पाउनेमा विश्वास बढेको बताए ।
बैठकमा आवुँखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले अव स्थानीय कृषकले उत्पादन गरेको तरकारी नै स्थानीय बजारमा विक्री वितरणकोलागि गाउँपालिकाले पहल गर्ने बताए । ईलाका प्रहरी कार्यालय आवुखैरेनीका प्रमुख प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले पनि स्थानीय कृषकले उत्पादन गरेको तरकारी खेर जान नदिन बाहिरबाट आउने तरकारीको आयतमा कडाई गर्नु पर्ने बताए । उनले आफुलाई निर्देशन आए गन्डकी प्रदेशको मुख्य प्रवेशद्वार आवुँखैरेनीको मुग्लिङबाट नै यस्ता तरकारी र खाद्य बस्तुको आयातमा रोक लगाउने बताए ।
तरकारी व्यवसायी संघ तनहूँका अध्यक्ष विजयराज पौडेलले अहिले भारत तथा देशकै विभिन्न जिल्लाबाट खुलेआम तरकारीहरु भित्रिरहेको र जिल्लाकै कृषकहरुले उत्पादन गरेको तरकारी बारीमा कुहिएर फाल्नु परेको भन्दै स्थानीय तहले ढुवानीको व्यवस्था गरि बारीबाट नै तरकारी उठाएर बजारसम्म ल्याईदिनु पर्ने बताए ।
व्यास नगरपालिका–३ का वडा सदस्य रविन पौडेलले वडा भित्ररहेको दमौलीकै मुख्य तरकारी बजारमा भारतबाट तरकारीहरु आईरहेको हुँदा कोरोनाको जोखिम न्युनिकरण गर्न अहिले तरकारी बजार नै बन्द गर्नु पर्ने अवस्था आएको भन्दै जिल्लामा उत्पादित तरकारी र खाद्यान्न बजारमा ल्याउन सके बजार सन्चालन गर्न सहजिकरण गर्ने बताए ।
सो बैठकमा सांसद श्रेष्ठका स्वकीय सचिव जगत खड्का र स्वकीय सचिवालयका अनिल पाण्डेले सांसद श्रेष्ठको प्रतिनिधित्व गर्दै तरकारी उत्पादक कृषकको समस्ष समाधानकोलागि पहल गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने