पत्रकार महासंघको स्थापना दिवसमा पुरस्कार वितरण (फोटो समेत)

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत १६

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले महासंघको ६८ औं स्थापना दिवसको अवसरमा जिल्लाका सात जना पत्रकारलाई विभिन्न पुरस्कार वितरण गरेको छ ।

विहिबार दमौलीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुरस्कृत पत्रकारहरुलाई पुरस्कार प्रदान तथा सम्मान गरेका थिए । सो अवसरमा बोल्दै प्रदेश प्रमुख गुरुङले पत्रकारले राज्यका तीन अंगले गरेका गल्तीमा औंला उठाउनुपर्ने बताए । उनले पत्रकारिता स्वच्छ तरिकाले विकास हुनु भनेको राज्यको समउन्नत अवस्था प्रमाणित हुनु रहेको बताए । प्रदेश प्रमुख गुरुङले सञ्चार जगतले राज्यको विकासमा भुमिका खेलेको उल्लेख गरे ।

सो अवसरमा १५ हजार रुपैयाँ राशीको भवानी खनाल स्मृति पत्रकारिता पुरस्कार शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीलाई प्रदान गरिएको थियो । त्यस्तै हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारी तथा भर्लेली केवलबहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराईललाई प्रदान गरिएको थियो । उक्त पुरस्कारको राशी नगद १० हजार रुपैयाँको छ ।

त्यस्तै १० हजार रुपैयाँ राशीकै टिकानिधी ढुङ्गाना व्यास पराशर पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष सोनी शर्मा तथा चिरञ्जीवि हरीमाया स्मृति पत्रकारिता पुरस्कार पत्रकार महासंघ गन्डकी प्रदेशका सदस्य सानेबहादुर नेपाली र पुरुषोत्तम काफ्ले स्मृति युवा पत्रकारिता पुरस्कार पवन पौडेललाई प्रदान गरिएको थियो । त्यसैगरि सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिएको थियो । सो पुरस्कारको राशी ५ हजार रुपैयाँ छ ।

म्हासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गन्डकी प्रदेश सभाका सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका मेयर बैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदिप काफ्ले, पत्रकार महासंघ गन्डकी प्रदेशका कोषाध्यक्ष राजेन्द्र न्यौपाने, नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापती प्रा.डा. कृष्णप्रसाद गौतम, पुरस्कारका संस्थापक बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, पत्रकार महासंघ तनहुँका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारी र पुर्व अध्यक्ष डम्बर अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रमको सन्चालन महासंघ तनहुँका सचिव प्रताप रानाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको