काँग्रेसद्वारा गोविन्दराज जोशीको कारवाही फुकुवा

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत १९

नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको कारवाही फुकुवा गरेको छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले २०७९ अघि कारबाहीमा परेका जोशीलाई आममाफी दिई कारवाही फुकुवा गर्ने निर्णय गरेको हो । काँग्रेसले जोशीसँगै चितवन काँग्रेसका पुर्व सभापती विकास कोइरालाको कारबाही पनि फुकुवा गरेको छ ।

तनहुँ र चितवनमा आगामी बैशाख १० गते उपचुनाव हुने भएपछि उक्त दुई जिल्लामा राम्रो प्रभाव राख्ने दुई नेतालाई चुनावको मुखमा काँग्रेसले आममाफी दिएको हो । पुर्व सहमहामन्त्री समेत रहेका जोशीले २०७४ को चुनावमा काँग्रेस नेता रामचन्द्र पौडेलको विरुद्धमा तनहुुँ क्षेत्र नम्बर १ मा बागी उम्मेदबारी दिएपछि कारवाहीमा परेका थिए । उनले २०७९ मंसिरको चुनावमा पनि सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदबारी दिएका थिए । २०७४ को चुनावमा जोशीको उम्मेदबारी निर्वाचन आयोगले खारेज गरेपनि २०७९ मा चुनाव लड्न पाएका जोशीले ६ हजार ८८६ मत ल्याएका थिए ।

जोशी प्रतिद्वन्द्वीता रामचन्द्र पौडेलसँग रहेको र पौडेल हाल राष्ट्रपती बनेपछि राजनीतिबाट अलग भएको अवस्थामा जोशी र पौडेलको राजनीतिक इगो पनि समाप्त भईसकेको भन्दै जिल्लाका नेता तथा कार्यकर्ताले जोशीको कारवाही फुकुवा गर्न केन्द्रीय समिति समक्ष अनुरोध गरेको थियो । उपचुनावमा जोशीको समर्थन नभए गोविन्द भट्टराईलाई जित्न कठिन हुने देखिएपछि उनीसहितका नेताहरूको आग्रहमा कारबाहीमुक्त गरिएको बताइन्छ ।

जोशीका छोरा दीपकराज भने गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेको समर्थनमा व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदबारी बनेर झिनो मतले कांग्रेस जिल्ला सभापति बैकुण्ठ न्यौपानेसँग पराजित भएका थिए । दिपक माथिको कारबाही भने यथावत छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय