तनहुँमा ९ जनाको उम्मेदबारी दर्ता

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २०

तनहुँको क्षेत्र नम्बर १ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनको लागि नौ राजनीतिक दलद्वारा उम्मेदबारी दर्ता गरेका छन् । निर्वाचन कार्यतालिका अनुसार चैत २० गते उम्मेदबारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको थियो । नौ राजनीतिक दलका उम्मेदबारहरुले बिहान १० देखी साँझ ५ बजे भित्र मनोनयन दर्ता गराउनु भएको तनहुुँका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापती, राष्ट्रिय जनमुक्ति पार्टीबाट पुर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीबाट भिमबहादुर सुनार, नेपाल कम्युनिष्ट पार्टी (समाजबादी) बाट गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोभा गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र नेपाली काँग्रेसबाट गोविन्द भट्टराईले उम्मेदबारी दर्ता गरेका थिए ।

उम्मेदबारी दर्ताको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरुको लागि छुट्टाछुट्टै समय निर्धारण गरेको थियो । निर्वाचन आयोगले उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थक सहित बढीमा पच्चीस जना भन्दा बढीको जुलुस लिएर जान नपाइने निर्देशन दिएपनि नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले नारा लगाउँदै सहित सयौंको संख्यामा सहभागिको जुलुस प्रद्रर्शन गरेका थिए ।

गत मंसिर ४ मा भएको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि बैशाख १० मा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय