देवघाट क्षेत्र बिकास समितिका अध्यक्षद्वारा पदबहाली

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
देवघाट, चैत २१

देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष भिम बहादुर रानामगरले पदबहाली गरेका छन्। गत चैत १० गते मन्त्रि स्तरीय निर्णयबाट देवघाट क्षेत्र बिकास समितिको अध्यक्षमा २ वर्षको लागि नियुक्त भएका रानाले मंगलबार क्षेत्र विकास समितिको कार्यालयमा पद बहाली गरेका हुन् । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य समेत रहेका राना तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ निवासी हुन् ।

साथै देवघाट क्षेत्र बिकास समितिको सदस्यमा मनोनित भएका तनहुँका शान बहादुर परियार, दिननाथ न्यौपाने, नवलपुरका प्रेमराज सापकोटा, हरिप्रसाद पौडेल र चितवनका रत्नलाल शर्मा कडेल र मोतीराम ढुंगानाले पनि मंगलबार नै पद बहाली गरे ।

सो पदबहाली कार्यक्रममा गण्डकी प्रदेश सभाका सांसद तथा पुर्व मन्त्री हरि बहादुर चुमानले नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई बधाई दिँदै देवघाटलाई र्धािर्मक स्थलको रुपमा परिचित गराउन र यहाँ धेरै भन्दा धेरै पर्यटक ल्याउन तथा उद्देश्य अनुरुपको काम गर्न अध्यक्ष लगायत अन्य सदस्यहरुलाई शुभकामना दिए ।

सो कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा, गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ तथा देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक सदन बराल लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले