शुक्रबार देवघाटमा रास्वपाको चुनावी सभा

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
देवघाट, चैत २३

राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार देवघाट गाउँपालिकामा चुनावी सभा गर्ने भएको छ । वडा नम्बर ५ को हाटबजारमा शुक्रबार दिउँसो ३ बजे चुनावी सभा हुने सो पार्टीका देवघाट गाउँपालिका संयोजक बलबहादुर क्षेत्रीले जानकारी दिए ।

सो सभालाई राष्ट्रिय स्वतन्त्रता पार्टीका सभापती तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदबार रवि लामिछाने, सो पार्टीका केन्द्रीय सदस्य डा. तोसिमा कार्की, तनहुँ क्षेत्र नम्बर १ का उम्मेदबार स्वर्णिम वाग्ले, पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी लगायतका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

रास्वपा देवघाटका संयोजक बल बहादुर क्षेत्रीले सो चुनावी सभामा सहभागी हुन सबै देवघाटबासीलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध