रवि लामिछानेसँग देश चलाउने क्षमता नभएको गोविन्द भट्टराईको भनाई

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २६

नेपाली कांग्रेस नेता तथा प्रतिनिधी सभा उम्मेदवार गोविन्द भट्टराई आफ्नै बारेमा जानकारी नहुने नेताले देश चलाउन नसक्ने बताएका छन् । रास्वपाका सभापति रवि लामिछाने प्रति लक्षित गर्दै भट्टराईले नागरिकता लिनु पर्छ भन्ने थाहा नहुनेले देश चलाउन नसक्ने बताएका हुन् । मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सो कुरा बताएका हुन् ।

नागरिकता त्यागि सकेपछि फेरी लिनु पर्छ भन्ने हेक्का नराख्नेले देश चलाउने सामर्थ राख्दैनन् भट्टराईले भने । विचार, सिद्धान्त र निष्ठा नभएका व्यक्तिहरु भोट माग्न आउन सक्ने हुँदा सर्तक हुनु पर्ने भट्टराईले बताए । क्षमता हिन युवाले देश चलाउँदा कतिपय देश टुक्रिएको र आन्तरिक द्वन्द्वमा फसेकोले सक्षम नेतालाई भोट दिनु पर्ने भट्टराईको भनाई रहेको थियो ।

मतदाता र विकास गर्ने नेता चाहिने र आफू कुनै पदको रुपमा रहँदा खानेपानी, विद्यालय भवन, मोटरबाटो विद्युतिकरण, पुल, टेलिफोन क्षेत्रमा ठुलो योगदान दिएको र पहल गरेकोले आममतदाताले आफूलाई चाहेको पाएकोले खुसी लागेको भट्टराईले बताए । घरदैलोमा डुल्ने क्रममा कांग्रेस मात्रै नभई फरक पार्टी मतदाताले आफूलाई चाहेको पाएको भट्टराईले बताए ।

पार्टीको भातृ सङ्गठन नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष, नेपाल तरुण दलको महासचिव भएर काम गरिसकेकोले विद्यार्थी र युवाको समस्याको बारेमा जानकारी भएकोले युवा र विद्यार्थीको माग पुरा गर्न सक्ने उनले बताए । आफ्नो प्रतिस्पर्धीहरु जिल्लाको विकासमा कुनै योगदान नदिएका, राजनीति केहो भन्ने थाहा नपाएका भएका हुँदा जीत निश्चित भएको नेता भट्टराईको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण