चन्द्रावतीबासी भन्छन्–‘सर्वेन्द्रलाई जिताउनु हाम्रो कर्तव्य

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २७

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदबार सर्वेन्द्र खनाल सोमबार बिहान भानु नपा–६ स्थित चन्द्रावती भानु नपा–६ चन्द्रावती आउने खबर सुनेपछि सोही ठाउँमा रहेको नारी विकास आमा समुहकी अध्यक्ष गोमा ठकुरी एक घन्टादेखी पर्खेर बसिन् । बिहानै घरको काम धन्दा थाँती राखेर उनी एमाले उम्मेदबार खनालको पखाईमा थिईन् । ६७ वर्षकी उनले वितगको चुनाव भन्दा यस पटक आफुलाई निकै खुसी लागेको बताईन् । ‘किनभने यस पटक आफ्नै गाउँको छोरालाई भोट हाल्न पाईने भयो नी’ उनी भन्छिन् ‘यसअघि विभिन्न पार्टीलाई भोट हालेर जिताएर पठायौं, यस पटक आफ्नै गाउँको छोरालाई जिताउँछौं ।’

गोमा जस्तै भावना पोखे ७० वर्षीय भिमबहादुर घर्तीले पनि । ‘चन्द्रावतीको विकासको लागि केदारनाथ खनाल (सर्वेन्द्रको वुवा) जत्तिको योगदान कसैको छैन, उनले भने ‘उहाँका छोराहरुले पनि यो ठाउँमा धेरै काम गर्नु भएको छ, भाडामा बसेको प्रहरी चौकीलाई सर्वेन्द्रले नै पक्की घर बनाईदिनु भयो ।’ घर्ती भन्छन् ‘उहाँलाई भोट नहाल्ने हो भने त चन्द्रावतीबासीलाई पाप लाग्छ ।’

हुन पनि प्रहरी चौकी प्रहरीको मात्र घर हैन । यो आम नागरिकको सम्पत्ती हो । झुपडीमा बसेको प्रहरीले जनतालाई शान्ति सुरक्षा दिन सक्दैन । तनाबै तनाब लिएर बसेको प्रहरीले जनताको सुरक्षामा ध्यान दिन सक्दैन । त्यसै भएर खनाल प्रहरी महानिरिक्षक हुँदा नेपालको इतिहाँसमै सबैभन्दा धेरै प्रहरीका भवनहरु बनेका छन् । तनहुँमै चन्द्रावती, नारेश्वटार, बन्दिपुर, थर्पु लगायतका ११ स्थानमा नयाँ प्रहरी चौकीको भवन तनहुँमा बनेका छन् । जिल्ला प्रहरी कार्यालयमा गत महिना उद्घाटन भएको तिन वटा नयाँ भवन पनि खनालकै पहलमा निर्माण भएका थिए । जुनकुरा भवन उद्घाटन कार्यक्रमकी प्रमुख अतिथी तत्कालिन प्रहरी एआईजीले नै आफ्नो मन्तव्यमा उल्लेख गरेकी थिईन् ।

चुनावी अभियानको क्रममा सोमबार देवघाट जाने कार्यक्रम रहेपनि चन्द्रावतीका बासिन्दाको अनुरोधमा खनाल देवघाट जाने कार्यक्रमलाई केही समय पर सार्दै बिहान ८ बजे नै चन्द्रावती पुगेका थिए । खनाल आउने जानकारी पाएका चन्द्रावतीका बासिन्दा एक घन्टा अघि देखी नै उनको प्रतिक्षामा बसेका थिए । चन्द्रावतीमा खनाललाई स्थानीय बासिन्दाले माला र खादा लगाएर भव्य स्वागत गरे । बैशाख दोश्रो सातामा सांसदमा बिजयी भएपछि पनुः यसरी नै बधाई दिन पाईयोस् भनेर शुभकामना पनि दिएका थिए ।

६८ बर्षिय कृष्णबहादुर मगरले भने सर्वेन्द्र खनालले टिकट पाउनु भयो भन्ने सुन्दा मात्रै पनि निकै खुसी लागेको बताए । ‘आफ्नै ठाउँको छोरोले चुनाव लड्न लागेको सुन्दा निकै खुसी लागेको थियो ।’ उनले भने ‘हामीले कहिले भेट्न पाउँला भन्ने ठानेका थियौं, आज आउनु भयो ।’ उनले पनि यस क्षेत्रका सबै मतदाताले सर्वेन्द्रलाई जिताउनु आफुहरुको कतव्र्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू