जितको नजिक पुगेपछि वाग्लेले भनेः मत परिणाम ठुला पार्टीबाट जनता टाढिएको प्रमाण हो

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ११

तनहुँ क्षेत्र नम्बर १ मा बिजउन्मुख भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार डा. स्वर्णिम वाग्लेले यो मत परिणाम ठूला पार्टीहरु जनताबाट धेरै टाढिएको प्रमाणको रुपमा रहेको बताएका छन् ।

मतगणना स्थलमा सन्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै वाग्लेले ठुला पार्टीका नेताहरु पनि जनताबाट टाढिनुभएको रहेछ । अहिले हाम्रो पक्षमा यो अन्तरसहित खसिरहेको मत त्यसैको संकेत भएको बताए ।

सत्तापक्षले चुनावमा आचार संहिताको व्यापक उल्लंघन गरेपनि मतदाताले विवेक पु¥याएको वाग्लेले बताए । वाग्लेले तनहुँको विकासकोलागि संसदमा पाँचवटा विषय उठाउँने बताएका छन् । पहिलो, सडक । बाटोको दुरी र लागत घटाउने तथा तनहुँलाई अन्य भूभागसँग जोड्ने आफ्नो प्राथमिकता राहेको उनले बताए ।

त्यसैगरि खानेपानी, सिँचाइ र तटबन्ध, शिक्षा, स्वास्थ्य पोषण, युवाको रोजगारी र उद्यम व्यवसाय तथा पाँचौं, विकासको मूलप्रवाहबाट पर छुटेको समुदायलाई विकासको मुल प्रवाहर दिगो विकास लक्ष्यमा जोड्ने गरी माथि ल्याउन भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो