आमा र छोरा १६ दिनदेखि वेपत्ता हुँदा परिवारजन तनावमा

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १९
व्यास नगरपालिका–१० विपी भञ्ज्याङ्ग निवासी २० वर्षिय राममाया विक र उहाँको ४ वर्षको छोरा लप्सन विक १५ दिनदेखि बेपत्ता भएका छन् । लामो समयदेखि वेपत्ता भएपछि परिवारजन तनावमा छन् ।

राममायाको श्रीमान लोकबहादुर विकले वैशाख ३ गते विहान देखि घर नआएको माईती घर तथा आफन्तकोमा खोजी गर्दा पनि फेला नपरेको बताए । पत्नि र छोराको खोजीका लागि प्रहरी कार्यलय तनहुँमा जाहेरी दिए पनि कुनै खबर नआएको विकले बताए । भारतको रोजगारीमा रहनु भएका विक श्रीमती हराएको खबर आएपछि नेपाल फर्किएका थिए ।

विकले वेपत्ता परिवारको खेजी गरिदिन अनुरोध गरेका छन् । आफ्ना लगायत सबै तिर खोजी गर्दा पनि पत्नि र छोराको पत्तो नलागेपछि उनले प्रहरी, नागरिक समाज र पत्रकारलाई परिवारको खोजी गरिदिन अनुरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो