सामुदायीक वन उपभोक्ता महासंघ गण्डकीको सचिवमा देवघाटका न्यौपाने

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख १९

सामुदायीक वन उपभोक्ता महासंघ गन्डकी प्रदेशको सचिवमा देवघाटका केशवचन्द्र न्यौपाने निर्वाचित भएका छन् । महासंघको सोमबार पोखरामा सम्पन्न दोश्रो प्रदेश अधिबेशनबाट न्यौपाने सचिवमा निर्वाचित भएका हुन् । न्यौपाने यस अघि महासंघको प्रदेश सचिवालय सदस्य थिए । उनी सामुदायीक वन उभोक्ता महासंघ जिल्ला महासंघ तनहुँको पुर्व अध्यक्ष समेत हुन् ।

अधिवेशनबाट महासंघको प्रदेश अध्यक्षमा कालिदास सुवेदी चयन भएकाछन् । त्यस्तै उपाध्यक्ष किशोर सापकोटा, महासचिव आँसु बिक, उपमहासचिवमा खगराज सापकोटा सचीवमा न्यौपाने, कोषाध्यक्षमा लिला दबाडी तथा उप सचीवमा मिना अधिकारी हित ४५ सदस्य कार्य समिति सर्वसम्मत निर्बाचित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो