देवघाट, बैशाख १९
सामुदायीक वन उपभोक्ता महासंघ गन्डकी प्रदेशको सचिवमा देवघाटका केशवचन्द्र न्यौपाने निर्वाचित भएका छन् । महासंघको सोमबार पोखरामा सम्पन्न दोश्रो प्रदेश अधिबेशनबाट न्यौपाने सचिवमा निर्वाचित भएका हुन् । न्यौपाने यस अघि महासंघको प्रदेश सचिवालय सदस्य थिए । उनी सामुदायीक वन उभोक्ता महासंघ जिल्ला महासंघ तनहुँको पुर्व अध्यक्ष समेत हुन् ।
अधिवेशनबाट महासंघको प्रदेश अध्यक्षमा कालिदास सुवेदी चयन भएकाछन् । त्यस्तै उपाध्यक्ष किशोर सापकोटा, महासचिव आँसु बिक, उपमहासचिवमा खगराज सापकोटा सचीवमा न्यौपाने, कोषाध्यक्षमा लिला दबाडी तथा उप सचीवमा मिना अधिकारी हित ४५ सदस्य कार्य समिति सर्वसम्मत निर्बाचित भएको छ ।