ट्रक पल्टिई घरमा ठोक्किदा ८ जना घाइते, पृथ्वीराजमार्ग अवरुद्ध

Devghat Online

शेयर गरौ

आवुँखैरेनी, बैशाख २०

बन्दिपुर गाउँपालिका–५ आँधिखोला स्थित पृथ्वीराजमार्गमा बुधबार बिहान ट्रक पल्टिएर घरमा ठोकिँदा ८ जना घाईते भएका छन् । डुम्रे तर्फबाट मुग्लिन तर्फ जादै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमायाकान भुजेल र सन बहादुर भुजेलको घरमा ठोक्किएको थियो । सो दुर्घटनामा परी सोही घरका तथा बस्ने पैदल यात्रीहरु गरी ८ जना घाईते भएका छन् ।

घाईतेहुनेहरुमा सोही ठाउँका ५५ बर्षिय सनबहादुर भुजेल, सोही ठाउँका ५० बर्षिय चेतबहादुर घर्ती, १२ बर्षिय आयुस भुजेल, १० बर्षिया जस्मिन भुजेल, १० बर्षिय ईश्वर भुजेल, ८ बर्षिय समिर भुजेल, ६ बर्षिया आयुसा भुजेल र ५ बर्षिया सन्तोष भुजेल रहेका छन् । बालबालिकाहरु विद्यालय जाने तयारी गरिरहेको समयमा सो दुर्घटना भएको थियो ।

घाईतेहरुको तत्काल उद्दार गरी उपचारको लागी हार्डजोर्नी अस्पताल आबुँखैरेनीमा प्राथमिक उपचार पश्चात थप उपचारको लागी चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त घटनाको बिषयलाई लिएर अहिले पृथ्वी राजमार्ग अबरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउनको लागी आवश्यक पहल भईरहेको र ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी मोहनबहादुर खाँणले बताए । तश्विरहरुः डिपी अधिकारी 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो