सांसद न्यौपानेद्वारा तनहुँका विभिन्न योजनाको लागि बजेट माग

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २०

राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले तनहुँ जिल्ला क्षेत्र नम्बर १ का विभिन्न योजनाको लागि विभिन्न मन्त्रालयमा बजेट विनियोजन गर्न माग गरेकी छन् । सांसद न्यौपानेले मंगलबार संघीय सरकारको भौतिक पुर्वाधार तथा यातयात मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय र खानेपानी तथा सरसफाई मन्त्रालयमा छुट्टाछुट्टै निबेदन पेश गरि विभिन्न योजनाहरुमा बजेट माग गरेकी हुन् ।

सम्बन्धित मन्त्रीलाई सम्बोधन गरि लेखिएको पत्रमा सांसद न्यौपानेले आगामी आर्थिक वर्ष ०८०÷८१ को बजेट मार्फत सम्बोधन गर्न माग गरेकी हुन् । आगामी आर्थिक वर्षकोलागि अहिले विभिन्न मन्त्रालयले योजना छनौट गरिरहेको हुँदा आफुले तनहुँ क्षेत्र नम्बर १ मा प्राथमिकताको आधारमा विभिन्न योजना छनौट गरि बजेट सम्बोधन गर्न सिफारिस गरेको सांसद न्यौपानेले बताईन् ।
न्यौपानेले केही दिन अघि सामाजिक सन्जाल मार्फत आवश्यक योजनाहरुको सुची माग गरेकी थिईन् । तनहुँ क्षेत्र नम्बर १ का विभिन्न भागबाट छनौट भई प्राथमिकताको आधारमा सिफारिस भएर आएका योजनालाई आगामी आर्थिक वर्षमा बजेट सुनिश्चितताकोलागि आफुले पहल गरेको सांसद न्यौपानेले बताईन् ।

भौतिक पुर्वाधार मन्त्रालय तर्फ कालिमाटी राईपाली मोटरबाटो कालोपत्रेको लागि १० करोड, कालीमाटी कुन्छा मोटरबाटो कालोपत्रेकोलागि २५ करोड, बाईसजाँगर थानीमाई मार्ग कालोपत्रेको लागि १० करोड, बन्दिपुर ढाँडखोला हुँदै घुमाउने मोटरमार्गको लागि २० करोड, काउरेटार देउरालीटार गौलीचोक मोटरमार्ग कालोपत्रेको लागि १० करोड, पाँचसय फाँट कलेस्ती मार्गको र बुद्धसिंह मार्ग कालोपत्रेकोलागि क्रमागत बजेटको व्यवस्थापन गर्न सांसद न्यौपानेले अनुरोध गरेकी छिन् ।

त्यस्तै सांसद न्यौपानेले खानेपानी योजना तर्फ व्यास १ को निर्मल नगर खानेपानी योजनाको लागि ५० लाख, भानु १२ को नारेश्वरीबोट खानेपानी योजनाको र उपल्लो पँधेरी खानेपानी योजनाकोलागि ५० लाख, भानु १३ को रयाले, पहेलस्वारा, छहरे पोखरीछाप खानेपानी योजनाकोलागि १ करोड, भानु ९ को तेरतेर खानेपानी योजनाकोलागि ५० लाख, भानु ७ को भट्टारी खानेपानी योजनाकोलागि २५ लाख, भानु १० को याङसिङ खानेपानी योजनाकोलागि २५ लाख तथा भानु ३ को खहरे खानेपानी योजनाकोलागि ५० लाख बजेट माग गरेकी छिन् ।

त्यसैगरि सिंचाई तर्फ व्यास ११ को मुलपानी सिंचाई योजनाकोलागि ५० लाख, भानु ७ को विरुवाटार डिप बोरिङको लागि २५ लाख, भानु ८, ९, १० र ११ को लागि तेलखाती, धारापानी, चिती, पाउँदी, फाउँदी सोलार लिफ्ट खानेपानी तथा सिंचाई योजनाको सम्भाव्यता अध्ययन, देवघाट ५ को त्रिशुली नदी लिफ्ट सिंचाई योजनाको लागि १० करोड, भानु ८ को बलिफाँट झिनुवाफाँट, बन्दिपुर ५ को याम्पाफाँट, भानु २ को बाह्रबिसे फाँटमा सिचाई योजनाकोलागि ५ करोड, भानु २ को भकुन्थोक बोरिङ सिचाई, भान ८ देउरालीटार, तथा भानु ९ को काउरेटार बोरिङ सिंचाई योजनाकोलागि १ करोड रुपैयाँ बजेट बिनियोजन गर्न माग गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजद्वारा निःशुल्क पानी र मही वितरण

देवघाट, साउन ७ देवघाटधाममा सुरु भएको बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, साउन ७ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न