देवघाटबाट फेरी अर्काे मोटरसाईकल चोरी, साउन यता ७ वटा चोरीको घटना

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख २२

देवघाट गाउँपालिका–५ का राजन खरालको ना ४९ प ९७८० नम्बरको बजाज कम्पनीको मोटरसाईकल शुक्रबार बिहान चोरी भयो । आफ्नै घरमा पार्किङ गरेको उक्त मोटरसाईकल बिहान ३ बजे चोरी भएको थियो ।
यस अघि गत चैत दोश्रो साता पनि देवघाट–५ बाट मोटरसाईकल चोरी भएको थियो । उक्त मोटरसाईकल देवघाट प्रहरीले फेला पारेपनि अदालतमा मुद्धा दर्ता गरिएको हुँदा मोटरसाईकल धनीले आफ्नो मोटरसाईकल फिर्ता पाएका छैनन् ।

 

 

शुक्रबार बिहान चोरी भएको मोटरसाईकल

यो सहित साउन महिना यता देवघाट–५ बाट ७ वटा मोटरसाईकल चोरी भएको उजुरी इलाका प्रहरी कार्यालय देवघाटमा परेको छ । इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज प्रहरी बरिष्ठ सई कृष्णबहादुर बानिँयाका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ७ वटा मोटरसाईकल चोरी भएको उजुरी परेको छ । ति मध्ये कति मोटरसाईकल भेटिए भन्ने तथ्यांक भने इप्रका देवघाटसँग छैन ।
देवघाटबाट मोटरसाईकल धेरै चोरी हुनुमा प्रहरीको लापरवाही ठान्छन् देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ ।

अहिले देवघाट छिर्ने धेरै नाकाहरु भईसकेपनि ति नाकाहरुमा सिसि क्यामेरा नहुँदा चोरहरुले सजिलैसँग मोटरसाईकल मात्र नभई काठ लगयातका अन्य कुराहरु पनि अन्यत्र लैजान सक्ने श्रेष्ठको भनाई छ । देवघाटको मुख्य नाकाहरुमा त्रिशुली नदीको झोलुङ्गे पुल, जुगेडीको झोलुङ्गे पुल, दासढुङ्गाको मोटरवेल पुल र हालै सन्चालनमा आएको देवपुर नजिकैको नवलपुर जोड्ने कालीगन्डकीको मोटरेवल पुल हुन् ।

यि मध्ये दासढुङ्गा र देवपुरको मोटरेवलपुलबाट अन्य सबै सवारी साधन वारपार गर्ने भएपनि दुई त्रिशुली र जुगेडीको झोलुङ्गेपुलबाट मोटरसाईकल सजिलैसँग वारपार गर्नसक्छन् । यी कुनै पनि नाकामा सिसि क्यामेरा र प्रहरीको चेक पोष्ट छैन । त्यसैकारण चोरले सजिलैसँग देवघाटबाट मोटरसाईकल बाहिर निकाल्न सक्ने श्रेष्ठले बताए । देवघाटमा प्रहरीको संख्या निकै कम भएको कारण पनि सबै ठाउँमा चेकिङ गर्न रातीको समयमा गस्ती गर्न नसकेको श्रेष्ठले अनुमान गरे । साथै प्रहरीले विगतमा मोटरसाईकल चोरी गरेकाहरुलाई अर्कै मुद्धा लगाएर उन्मुक्ति दिने प्रयास गरेको कारण पनि चोरहरुले प्रश्रय पाएको श्रेष्ठले बताए ।

सबै अपराधमा प्रहरी लाई मात्र दोष दिन नहुने भन्दै श्रेष्ठले मोटरसाईकल धनीले पनि आफ्नो मोटरसाईकललाई रातीको समयमा पार्किङ गर्दा सुरक्षित साथ राख्नु पर्ने बताए । सकेसम्म घर भित्रै राख्ने, नभए कम्पाउन्ड भित्र तथा कम्पाउन्ड नभए घरको आँगनमा राख्दा हेन्डेल लक लगायतका सुरक्षाका उपाय अपनाउनु पर्ने श्रेष्ठले बताए ।

इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज बानियाँले पनि प्रहरीको संख्या कम भएको कारण सबै ठाउँमा चेक पोष्ट राख्न नसकिएको बताए । उनले देवघाट छिर्ने र बाहिरने मुख्य नाकाहरुमा सिसि क्यामेरा राख्न सक्ने हो भने पनि चोरीको घटनालाई कम गर्न सकिने बताए । चैत दोश्रो साता चोरी भएको मोटरसाईकल पनि सिसि क्यामेराको सहायताले नै फेला पार्न सकिएको बानियाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको