बन्दिपुर गाउँपालिकाबाट सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा

Devghat Online

शेयर गरौ

बन्दिपुर, बैशाख २२

बन्दीपुर गाउँपालिकाले गाउँपालिका भित्रका सुत्केरीहरुकोलागि बन्दीपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । गाउँकार्यपालिका बैठकले बन्दीपुर गाउँपालिका भित्रका सुत्केरीहरुलाई बन्दीपुर अस्पतालसम्म ल्याउन लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको वडा नम्बर १ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

बन्दीपुर अस्पतालमा उपचार हुन नसक्ने सुत्केरीहरुकोलागि दमौली अस्पतालसम्म लैजानु परेको अवस्थामा पनि निःशुल्क रुपमा सेवा दिने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यसैगरि गाउँपालिकाले घरबाट बाहिर निस्कन नसक्ने नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ ।

अशक्त, अपाङगता तथा हिडडुल गर्न नसक्ने नागरिकका आफन्तहरुले वडाबाट सिफारिस लगेपछि बुझेको भत्ता रकम सम्बन्धित व्यक्तिलाई नदिई खर्च गर्ने गरेको गुनासो आएपछि मुक्तिनाथ विकास बैंक डुम्रे शाखासँग समन्वय वडा कार्यालय मार्फत घरमै पुगेर भत्ता बितरण गरेको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४