व्यास नपा ७ को वडा कार्यालय तोडफोड, नगद सहित महत्वपुर्ण सामान चोरी

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २५

कलेस्तीमा रहेको व्यास नपा ७ को वडा कार्यालयमा आईतबार राती तोडफोड भएको छ । अज्ञात व्यक्तिहरुले वडा कार्यालयको ताला फोडेर कार्यालयको सिसि क्यामेरा तोडफोड गरेका छन् भने कार्यालयको महत्वपुर्ण तथ्यांक रहेको मुख्य कम्प्युटरको हार्डडिक्स निकालेर लगेको वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।

साथै आईतबार जम्मा भएको पाँच हजार राजश्व रकम पनि चोरी भएको न्यौपानेले जानकारी दिए ।

     

सोमबार बिहान कार्यालय जाँदा मुख्य गेटको चाबी खोलिएको अवस्थामा रहेको र कार्यालय भित्रको महत्वपुर्ण सामान हराएको थाहा भएको वडा अध्यक्ष न्यौपानेले बताए ।

कम्प्युटरको हार्डडिक्स झिकेर कम्प्युटर कार्यालय पछाडी फालिएको अवस्थामा भेटिएको न्यौपानेले बताए ।

उक्त घटनामा संलग्नहरुको कुनै पहिचान नभएको भन्दै उनले आवश्यक छानविनको लागि जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी दिईएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको