नीति तथा कार्यक्रम वाचन सुरु

Devghat Online

शेयर गरौ

काठमाडौं, जेठ ५

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रमको वाचन सुरु गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त वैठकमा उनले नीति तथा कार्यक्रम पढ्न थालेका हुन् ।

राष्ट्रपति संसदमा प्रवेश गर्दा उनको स्वास्थ्यमा अझै पूर्ण सुधार नभएको देखिएको छ । उनी शारीरिक रुपमा कमजोर देखिएका छन् । सुरक्षाकर्मीले उनलाई समातेर आफ्नो आसनमा राखेका थिए । उनले कुर्सीमा बसेर नीति तथा कार्यक्रम पढिरहेका छन् । राष्ट्रपतिको आवाज भासिएको र काँपेको छ । अनुहारको कान्ति हराएको छ ।

यसअघि राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन सुरु गर्ने र प्रधानमन्त्रीले बाँकी पढ्ने गरी तयारी गरिएको थियो । तर, पछि राष्ट्रपति आफैंले सबै पढ्ने निर्णय लिएका थिए ।

राष्ट्रपति भएलगत्तै अस्वस्थ हुन थालेका पौडेल केही दिन भारतमा उपचार गरी फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता