शिक्षक नियुक्तीमा गाउँपालिकाको चलखेल विरुद्ध देवघाटबासीको आक्रोसः घटनाको निश्पक्ष छानविन हुनुपर्छ

Devghat Online

शेयर गरौ

आफ्नो श्रीमतीलाई जागिर खुवाउन सहयोग गर्न शिक्षा शाखाका प्रमुखले मलाई अनुरोध गरेका थिएः गाउँपालिका अध्यक्ष थापा

देवघाट, जेठ ७

देवघाट गाउँपालिका–५ देवपुरमा रहेको बराहा आधारभुत विद्यालयमा प्रावि तहको एक जना राहत शिक्षक छनौटकोलागि गाउँपालिकाले चलखेल गरेको भन्दै शनिबारको लागि तय गरिएको लिखित परिक्षा स्थगित भयो । परिक्षार्थीको विरोधको क्रममा लिखित परिक्षाकोलागि तयार गरिएको प्रश्नपत्र समेत च्यातियो । लिखित परिक्षाको प्रश्नपत्र च्यातिएको र अधिकांश परिक्षार्थीको विरोधपछि शनिबारको परिक्षा स्थगित भएको थियो ।

यस अघि सो विद्यालयमा कार्यरत राहत शिक्षकको शिक्षक सेवा आयोगमा नाम निस्किएर अन्यत्र पदस्थापना भएपछि गत २०७९ चैत्र मसान्त बाट उक्त पद रिक्त भएको थियो । सो रिक्त भएको सो पदमा शिक्षक नियुक्तीको लागि गाउँपालिकाको शिक्षा शाखाको अनुमती पछि विद्यालयले गत बैशाख १७ गतेसम्मकोलागि निबेदन खुल्ला गरेको थियो । सो अवधिमा १७ जनाको लिखित आवेदन परेको विद्यालयले जनाएको छ । उक्त शिक्षक पदमा नियुक्तीको लागि शनिबार लिखित परिक्षा तोकिएको थियो । परिक्षा सन्चालनकोलागि गाउँपालिकाको शिक्षा शाखाले वडा नम्बर ५ को कालिका माविका शिक्षक युवराज साँखी र वडा नम्बर १ को पार्वती माविका शिक्षक टकबहादुर गुरुङलाई विषय विज्ञ नियुक्ती गरेको थियो । परिक्षाकोलागि सम्पुर्ण परिक्षार्थीलाई ११ बजे विद्यालयमा बोलाएर विषय विज्ञहरुले १२ः४५ बजेसम्म पनि प्रश्नपत्र तयार गरिरहेका थिए ।

परिक्षार्थीहरुले के कति कारणले परिक्षा ढिलाई भएको हो भनेर प्रअ थापालाई बुझ्दा प्रअले आफुले प्रश्नपत्र तयार गर्नकोलागि विद्या विकास पब्लिकेशन प्रालिद्वारा प्रकाशित शिक्षक सेवा आयोग आधारभुत तह प्राथमिक÷निम्न माध्यमिक प्रथम चरणको ७५ सेट प्रश्नोत्तर पुस्तक विषय विज्ञलाई शिलबन्दी गरि बुझाईएको तर विषय विज्ञले आफुहरुले नै ल्याएको अर्कै पब्लिकेशनको प्रश्नोत्तर सेटबाट प्रश्न तयार गर्न लाग्दा ढिलाई भएको जानकारी दिएको ति परिक्षार्थीले बताए । यसैविचमा एक समुह विद्यालय भित्र पसेर विषयविज्ञले तयार गरिरहेको प्रश्न च्यातेका थिए ।
उक्त घटनाको देवघाटबासीले तिब्र विरोध गरेका छन् । यसबारेमा देवघाट अनलाईनमा समाचार प्रकाशित भएपछि देवघाटका राजनीतिक दलका प्रतिनिधि तथा देवघाटका अगुवाहरुले उक्त घटनाले देवघाटको शिर निहुरेको भन्दै उक्त घटनाको निश्पक्ष छानविन हुनु पर्ने बताएका छन् ।

नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेले बराहा आधारभुत विधालयमा शनिबार राखिएको शिक्षक छनोटको लिखित परीक्षामा गरिएको धाँदलीप्रति नेकपा एमाले देवघाटको ध्यानाकर्षण भएको जनाएका छन् ।

न्यौपानेले शिक्षा क्षेत्रमा यति ठूलो हस्तक्षेप राजनीतिक कारण अझ भन्नू पर्दा शिक्षा क्षेत्रमा यति ठुलो बेइमानी पुर्ण काम आजको नागरिक समुदायलाई पाच्य नहुने बताए । उनले यस्तो गतिबिधिमा क कसको संलग्नता रहेको छ, त्यसको यथाशीघ्र छानबिन गरि दोसिलाई कारबाहिको माग गर्न माग गरेका छन् ।

 

नेपाली काँग्रेसका नेता अर्जुन अधिकारीले कालिका पिपलटार र सिद्दमहाकाली गौरीटारको रोग बराह देवपुरमा सरेछ भन्दै अब रोग पाल्नु भन्दा जरै देखी फाल्नु उत्तम हुने बताए ।

हिम्मत छ, देवघाट गाउपालिका शिक्षा समिती ? भन्दै अधिकारीले कि आफै बोक्सी, आफै धामी हो ? भन्दै गाउँपालिकाको शिक्षा समितिलाई प्रश्न गरेका छन् ।

अधिकारीले बेईमानीको कुनै ओखती नहुने बताएका छन् । यो निर्लज्ज घटनाले देवघाटबासीको शिर निहुरेको अधिकारीले बताए ।

 

यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटका संयोजक बल बहादुर क्षेत्रीले शिक्षा र सभ्यताको रुपमा चर्चित पवित्र देवघाटमा यस्तो चलखेल हुनु लाजमर्दाे भएको बताएका छन् ।

उनले यो घटना सिन्डिकेट अनि अराजकताको पराकाष्ठा भएको भन्दै यहीँबाट थाहा हुन्छ कि सबैले राम्रो होईन हाम्रो खोजिरहेका छन् ।

देवघाटका राष्ट्रिय युवा संघका नेता शान श्रेष्ठले विज्ञको नाममा पार्टीको झोले नियुक्ति गरेपछि यस्तै परिणाम आउने बताए । आफ्नो मान्छेलाई जागिर खुवाउनको लागि चलखेल

गर्ने र प्रश्न पत्र च्यात्ने जोसुकै भएपनि सबैलाई कानुन अनुसार कारबाही गर्नुपर्ने श्रेष्ठको भनाई छ ।

त्यसैगरि देवपुर निवासी राष्ट्रिय युवा संघ देवघाटका अध्यक्ष शुकु गुरुङले यो बिषयलाई आफुले नजिकबाट नियाली रहेको बताएका छन् । ‘किनकि यो विद्यालय मेरो दैलो अगाडि खुला आकाश मुनी चौतारीबाट सुरुवात गरेको हो, आज देबघाट गाउँपालिकामा नमुनाको रूपमा सन्चालन गर्ने हिसाबले ब्यबस्थापन समिति हेड सर, शिक्षक शिक्षिका सबैले निकै महत्वपुर्ण भुमिका योगदान रहेको छ ।’ गुरुङले भनेका छन् ‘शिक्षक नियुक्ती प्रक्रियाबाट हाम्रो भन्दा राम्रो शिक्षक नियुक्ती होस् भन्ने आम जनताको चाहना हो, निश्पक्ष रुपमा राम्रो शिक्षक नियुक्ति गर्नुपर्छ भन्ने भावना ब्यबस्थापन समिति हेड मास्टर र सरोकारवाला सबैको थियो र छ ।’

उनले राजनीतिक भागबन्डा, राजनीतिक दबाब र सेटिङले सरकारी बिद्यालयहरु मारमा परेको बताउँदै राम्रो र क्षमता दक्ष शिक्षकहरुले कहिले पनि स्थान पाउन नसकेको बताए । जस्तोसुकै शिक्षक होस् मापदण्ड पुगोस् या नपुगोस् हाम्रो भने पछी या पार्टी को बिल्ला भिरे पछी अबसर दिई हाल्ने यो अवस्था ले कसरी सरकारी स्कूलको गुणस्तर अभिवृद्धि हुन सक्छ ? भन्दै गुरुङले परिक्षा लिने ब्यक्तिहरु स्वयम राजनीतिक सेटिङबाट चलेको हुन्छ भन्ने बिषय चोक चोक मा चलेको बताएका छन् ।

‘परिक्षा दिन आउने शिक्षक शिक्षिकाहरु परिक्षा हलमा आउनु भन्दा अगाडि नै मनोबल गिरेको हुन्छ । किनकि सेटिङ हुन्छ भन्ने सोच लिएर बाध्य भयर सहभागी हुन आउँछन्,’ गुरुङले भने ‘हिजोको घटना पनि बनको बाघ ले खायो कि खाएन तर मनको बाघले खाय जस्तै भयो । किनकि बिगतमा कर्मचारी होस् या शिक्षक नियुक्ति गर्ने प्रक्रिया गलत भएको कारण ।’ बिद्यालयमा अब यस्तो राजनीति दबाब सेटिङ र गलत प्रक्रियाको अन्त्य गर्नु पर्ने भन्दै उनले सम्बन्धित निकाय र सरोकारवालाको ध्यानाकर्षण हुनु पर्ने बताए । शनिबारको घटनामा प्रश्नपत्र च्यात्ने तथा परिक्षा प्रभावित बनाउने ब्यक्तीहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने गुरुङले बताए ।

यता देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गाउँपालिकाका शिक्षा शाखाका प्रमुख होमनाथ लामिछानेले आफुलाई उनको श्रीमतीलाई उक्त विद्यालयमा जागिर खुवाउन अनुरोध गरेको बताए । ‘मेरो श्रीमतीले पनि निबेदन दिएको छ, उनलाई जागिर खुवाउन तपाईले सहयोग गर्नुपर्यो भनेका थिए’ अध्यक्ष थापाले भने ‘मैले तपाईले आफ्नो श्रीमतीलाई आवेदन दिन नलगाउनु, ठुलो विवाद हुन्छ, म सहयोग गर्न सक्दिन भनेँ ।’ तर श्रीमतीले आवेदन दिने भए तपाँई परिक्षाको अनुगमनमा जान पाउनु हुन्न भनेर आफुले शिक्षा शाखाका प्रमुख लामिछानेलाई भनेको अध्यक्ष थापाले जानकारी दिए । तर हिजो परिक्षा सुरु हुने बेलामा शिक्षा शाखाका प्रमुखले आफ्नो श्रीमतीलाई मोटरसाईकलमा राखेर परिक्षा केन्द्रमा लगेपछि नै विवाद सुरु भएको अध्यक्ष थापाको भनाई छ ।

आफुलाई नेपाली काँग्रेसका धेरै नेताहरुले पनि फोन गरेर उक्त शिक्षक दरबन्दीमा आफ्नो मान्छे भर्ना गर्न दवाव दिएको स्विकार गर्दै अध्यक्ष थापाले भने ‘काँग्रेसका साथीहरुले जागिर खुवाउनु पर्यो भनेर दवाव दिएका थिए, तर म विवादित बन्न चहान्थिन, विव्यस र प्रअलाई निश्पक्ष परिक्षा सन्चालन गर्न अनुरोध गरेको हो ।’ अध्यक्ष थापाले भने ‘सकेसम्म स्थानीयलाई नै प्राथमिकता दिन अनुरोध गरेको हो ।’

यस विषयमा आईतबार गाउँपालिकाका जनप्रतिनिधि, विव्यस, प्रअ र शिक्षा शाखाको विच बैठक बसेको र उक्त घटनाप्रति ध्यानाकर्षण भएको अध्यक्ष थापाले बताए । बैठकमा दोषीलाई कारवाही गर्ने, प्रश्नपत्र च्यात्नेहरु प्रति खेद व्यक्त गर्ने तथा स्थगित भएको उक्त परिक्षालाई चाँडै नै सन्चालन गर्ने पनि निर्णय भएको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको