घिरिङको प्राथमिकता पुर्वाधार, कृषि र पर्यटनः अध्यक्ष थापा

Devghat Online

शेयर गरौ

दमौली, जेठ ७

घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले पुर्वाधार, कृषि र पर्यटनसँगै शिक्षालाई गाउँपालिकाले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । सन्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले पहिलो प्राथमकिता पुर्वाधार निर्माणलाई राखेपनि पर्यटन, शिक्षा, स्वास्थ्य र कृषिलाई पनि प्राथमिकतामा राखेको बताए ।

पुर्वाधार निर्माणको लागि पनि काम गरिरहेको भन्दै अध्यक्ष थापाले गाउँपालिकाको बजेटबाट बाटोको स्तरोन्नती गरिरहेको जानकारी दिए । गाउँपालिकाको बजेटबाट चालु आर्थिक वर्षमा पशुपती मोटरमार्गको लागि एक करोड ६० लाख बहुवर्षीय कार्यक्रम विनियोजन गरिएको तथा मदन आश्रीत मार्गको लागि दुई करोड, हिसाप पुट्टार मोटरमार्गको लागि दुई करोडको बहुवर्षीय कार्यक्रमको लागि पनि बजेट विनियोजन गरिएको बताए । त्यस्तै अन्य शाखा बाटोको पनि स्तरोन्नतीको लागि काम भईरहेको अध्यक्ष थापाको भनाई छ । प्रदेश सरकारको सहयोगमा कृष्ण मार्गको देउरालीदेखी गाउँपालिकाको कार्यालयसम्म कालोपत्रे सम्पन्न भईसकेको र आगामी अािर्थक वर्षमा थप कालोपत्रे बढ्ने थापाले बताए ।

त्यसैगरि कृषि तर्फ कृषिको आधुनिकीकरणको कार्यक्रम ल्याईएको बताए । आधुनिकीकरणकोलागि कृषि औजार उपलव्ध गराउने, उन्नत विउहरु पनि अनुदानमा दिने तथा मल तथा विउमा सहजीकरण गरिएको बताए । यहाँका सहकारीसँग समन्वय गरेर कृषकलाई मल उपलव्ध गराईएको भन्दै अध्यक्ष थापाले कृषकलाई अनुदानको व्यवस्था मिलाएर उनीहरुलाई आकर्षित गर्न सकियो भने मात्रै उत्पादन बढ्ने बताए । त्यस्तै साना सिंचाईको कार्यक्रमलाई पनि प्राथमिकता दिएको उनले बताए । त्यसकोलागि सम्भावना भएका ठाउँमा डिप बोरिङ मार्फत सिंचाई सुविधा पु¥यार्ईएको बताए ।

पर्यटन तर्फ गाउँपालिकाका प्रमुख पर्यटकीय स्थलको पहिचान गर्ने काम भईसकेको उनले बताए । पर्यटकलाई आकर्षित गर्न ऐतिहाँसिक मठमन्दिरको संरक्षण गरिने, त्यसको प्रचार प्रसार गरिने, धार्मिक स्थलको व्यवस्थापन गरिने, धार्मीक पहिचान भएका ठाउँमा सरसफाइ गर्ने, पुर्वाधार थप्ने र व्यवस्थित गर्दै लैजाने उनले बताए । साथै ग्रामिण होमस्टे पनि सन्चालन गर्नको लागि स्थानीयलाई प्रोत्साहन गरिएको उनले बताए ।

शिक्षा तर्फ सरकारी विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउन विभिन्न कार्यक्रम सन्चालन भईरहेको उनले बताए । सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन शिक्षकको सबैभन्दा ठुलो भुमिका हुने भन्दै उनले गुणस्तरीय शिक्षामा बढि जोड दिनु पर्ने बताए । गुणस्तरीय शिक्षा नै गाउँपालिकाको प्रमुख प्राथमिकता भएको भन्दै उनले त्यसको लागि पनि पहल भैरहेको बताए । शिक्षामा जहाँ दरबन्दी अभाव छ त्यहाँ दरवन्दीको व्यवस्था गर्न पहल गर्ने र गुणस्तरीय शिक्षा दिनको लागि प्रयास पनि भैरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको