सर्वाेच्च शिखर सगरमाथामा फहराइयो भरतपुर महानगरको झण्डा

Devghat Online

शेयर गरौ

भरतपुर, जेठ ८

विश्वको सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराईएको छ । महानगरपालिकाको विकास र समृद्धिको अभियानलाई सफल बनाउन विश्वको सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराईएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् ।

भरतपुर महानगरपालिकाको आयोजनामा गाईड नरेन ठकुरी, सहायक गाइड चेतन भोटे गत २०७९ चैत २१ गते काठमाडौँबाट सगरमाथा प्रस्थान गरेका थिए । वैशाख २५ गते आधार शिविरबाट हिँडेको टोली महानगरको झण्डासहित २०८० जेठ ३ गते विहान ८ः३३ बजे सगरमाथाको चुचुरोमा पुगेको थियो ।

महानगरपालिकाको झण्डा फरफराउने कार्यक्रम सम्पन्न भई टोली काठमाडौँ फिर्ता भईसकेको छ । यसको संयोजन भरतपुर महानगरपालिकाका विज्ञ प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता