छात्राहरुलाई यौन दुव्र्यहवार गरेको आरोपमा विद्यालयका प्रअ पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, जेठ ८
भानु नपा१३ ठुल्ढुङ्गा स्थित अरनिको माविका प्रअ सैलेन्कुमार साहलाई सोही विद्यालयका छात्राहरुलाई यौन दुव्र्यहवार गरेको आरोपमा सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । साहलाई प्रहरीले विद्यालय परिसरबाटै पक्राउ गरेको थियो । सप्तरी जिल्ला घर भएका साह २०५१ देखी सोही विद्यालयमा पढाउँदै आएका थिए । उनी २०७४ सालमा विद्यालयको प्रअ भएका थिए ।

आईतवार आफु कक्षा ९ मा पढाउन जाँदा छात्राहरु रोईरहेको देखेको र के भयो भनेर सोद्धा प्रअ साहले शारीरिक, मानसिक र यौन दुव्र्यहवार गरेको छात्राहरुले भनेको एक शिक्षकले जानकारी दिए । त्यसपछि सो कक्षाका २० जना छात्राहरुले वडा कार्यालयमा गई प्रअलाई कारवाही गर्नु पर्ने माग गर्दै निबेदन दिएका थिए । छात्राहरुसँग वडा अध्यक्ष कृष्णबहादुर अधिकारीले यसबारेमा सोमबार छलफल गर्ने बताएका थिए । प्रअ साह भने आईतबार भानु नगरपालिकामा प्रअहरुको बैठकमा सहभागी हुन नगरपालिकाको कार्यालयमा गएका थिए ।
उक्त घटनाको बारेमा पोखरीछाप प्रहरी चौकीमा समेत जानकारी दिएपछि सोमबार बिहान ११ बजे प्रहरीहरु विद्यालयमा गई प्रअ साहलाई नियन्त्रणमा लिएका थिए । प्रहरीहरुसँगै कक्षा ८ देखी १२ सम्मका २० जना छात्राहरु अभिभावक र केही शिक्षकहरुको साथमा प्रअ विरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालयमा आएका थिए ।

जिल्ला प्रहरी कार्यालय परिसरमा भेटिएकी कक्षा ९ की १४ बर्षिय एक छात्राले प्रअ साहले पहिले देखी नै आफुहरुको संवेदनशिल अङ्गमा छुने तथा जिस्काउने गर्दै आएको बताईन् । हेडसरले छात्रहरुलाई कहिले पनि गृहकार्य दिनुहुन्थेन, सँधै छात्राहरुलाई मात्र गाह्रो गाह्रो गृहकार्य दिने गर्नु हुन्थ्यो’ उनले भनिन् अनि गृहकार्य गर्न जानेन भने सबैभन्दा अगाडी लगेर उभ्याएर मानसिक यातना दिने, त्यही बाहानामा शरिरको विभिन्न भागमा छुने गर्नु हुन्थ्यो ।’

त्यस्तै कक्षा ११ मा अध्ययन गर्ने १७ बर्षिय अर्की छात्राले पनि आफुहरुले पनि प्रअबाट निरन्तर दुव्र्यहवार भोग्दै आएको बताईन् । तर यसपटक कक्षा ९ का बैनीहरुले दुव्र्यहवारको विरुद्ध आवाज उठाए, त्यसलाई समर्थन गर्न आफुहरु पनि दमौली आएको हो’ उनले भनिन्। ‘हामीले दुव्र्यहवार सहेर बस्यौं,अहिले बैनीहरुले हिम्मत गरे ।’

उक्त विद्यालयकी पुर्व शिक्षीका कल्पना थापा खड्काले प्रअ साहले यस अघि पनि दुव्र्यहवार गर्ने गरेको आफुले पनि देखेको बताइन्। यो कुरा पटकपटक विद्यालय व्यवस्थापन समिति र स्टाफ मिटिङमा राखेपनि कसैले पनि वास्ता नगरेको उनले बताइन् ।
पीडित छात्राहरुले आरोपित साहलाई कारवाहीको माग गर्दै सोमबार जिल्ला प्रहरी कार्यालयमा यौन दुव्र्यहवार सम्बन्धी उजुरी दिएका छन् । आरोपित साहलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू