आवुँखैरेनीले गाई भैंसीलाई ‘लम्पि स्किन’ बाट बचाउन निशुल्क खोप लगाउने

Devghat Online

शेयर गरौ

दमौली, जेठ ९

गाई भैँसीमा लाग्ने ‘लम्पि स्किन’ रोग आवुँखैरेनी गाउँपालिकाका विभिन्न वडाहरुमा देखा परेपछि गाउँपालिकाले पशुबस्तुहरुलाई उक्त रोग विरुद्धका खोप तथा औषधी उपचार गाउँपालिकाद्वारा निशुल्क रुपमा लगाउने भएको छ ।

गाउँपालिकाले आईतबार सुचना प्रकाशित गरि विभिन्न वडाका गाई भैंसीमा पोक्स भाईरसबाट लाग्ने लम्पि स्किन रोगसँग मिल्दो जुल्दो लक्षण देखा परेको हुँदा पशुपालन गर्ने कृषकहरुलाई सजकता अपनाउन आग्रह गरेको छ । अध्यक्ष शुक्र चुमानले प्रकाशित गरेको विज्ञप्तिमा गाउँपालिकाले पशुबस्तुहरुलाई उक्त रोग विरुद्धका खोप तथा औषधी उपचार गाउँपालिकाद्वारा निशुल्क रुपमा लगाउने भएको हुँदा गाउँपालिका भित्रका पशुपालक कृषकहरुलाई सम्बन्धित वडामा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

यसबारेमा थप जानकारीकोलागि सम्बन्धित वडाका वडा अध्यक्षहरु तथा पशु सेवा शाखा प्रमुख डा. सन्तोष देवकोटा र पशु सेवा प्राविधिक सहायक बिनोद अछामीलाई सम्पर्क गर्न सम्पुर्ण पशुपालक कृषकहरुलाई गाउँपालिकाले अनुरोध गरेको छ ।

आवुँखैरेनीले गाई भैँसीमा लाग्ने ‘लम्पि स्किन’ रोग आवुँखैरेनी गाउँपालिकाका विभिन्न वडाहरुमा देखा परेपछि सजकता अपनाउन कृषकहरुलाई आग्रह समेत गरेको छ । घरमा पालिएका पशुमा यस्तो रोगको लक्षण देखा परेमा तुरुन्त सम्पर्क राख्न पनि पशुपालक कृषकहरुलाई अनुरोध गरिएको हो ।

‘लम्पि स्किन’ रोग लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा मृत्यु हुने गरेको पशु सम्बन्धी विज्ञहरुले बताएका छन् । विज्ञहरुका अनुसार यो रोग किर्ना, भुसुना, झिँगा, लामखुट्टे आदिको माध्यमबाट एउटा पशुबाट अर्कोमा सर्छ ।

यो रोग लागेपछि पशुलाई सार्वजनिकस्थलमा चरनका लागि लैजान नहुने, अन्य वस्तु भाउको सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठ सरसफाइ गर्नु पर्ने पर्छ । गोठको मलखादको दुरी १० मिटर हुनु पर्ने, फिनेल पानीले नियमितरुपमा गोठ सरसफाई गर्नु पर्ने, पशु बाँध्ने गोठ वरीपरि खाल्टाखुल्टी पुरी पानी जम्न दिन नहुने, अनाधिकृत मानिसलाई गोठको वरीपरि जान दिन नहुने तथा रोगी पशुलाई अलग्गै राखी उपचार गरेमा यो रोग नियन्त्रण गर्न सकिने पशु चिकित्सकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू