बजेटले सम्बोधन गरेन तनहुँका स्थानीय तहलाई

Devghat Online

शेयर गरौ

दमौली, जेठ १६

सोमबार संघीय संसदको बैठकका अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८०÷८१ को बजेट प्रस्तुत गरे । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएपछि तनहुँका विभिन्न स्थानीय तहले आफ्ना योजनाहरुलाई बजेटमा सम्बोधन हुने अपेक्षा गरेका थिए ।

सबैभन्दा बढि अपेक्षा आवुँखैरेनी गाउँपालिकाले गरेको थियो । आवुँखैरेनीले हालै सन्चालन गरेको आवुँखैरेनी अस्पतालको स्तरिकरण र आवुँखैरेनी गाउँपालिका भित्र पृथ्वीराजगर्मामा राष्ट्रिय स्तरको ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गर्ने अपेक्षा रहेकोमा बजेटले ति कुनै पनि विषयलाई सम्बोधन गरेन ।

आवुँखैरेनीमा तिन वर्ष अघि नै स्थापनाको निर्णय भई कार्यान्वयनमा आईसकेको ढकालटारको बालसुधार गृहलाई यस वर्ष सरकारले निर्माण गर्ने घोषणा गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा आवुँखैरेनी गाउँपालिकाले प्रस्ताव गरेको कुनैपनि योजनालाई सम्बोधन नभएपछि गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले असन्तुष्टि व्यक्त गरेका छन् ।

आँबुखैरेनी गाउँपालिका अध्यक्ष चुमानले केन्द्र सरकारले नियमित बजेट बाहेक दीर्घकालिन फाइदा पुग्ने आफुहरुको अन्य योजनालाई समेट्न नसकेको भन्दै बजेट प्रति असन्तुष्टि व्यक्त गरे । उनले आँबुखैरेनी गाउँपालिकामा १०० बेडको ट्रमा सेन्टर स्थापना गर्न तथा पर्यटन सम्बन्धि अन्य आन्तरिक आम्दानी बढाउने योजनाको प्रस्ताव पेश गरेकोमा कुनै पनि योजनालाई सम्बोन्धन नभएको बताए ।

चुमानले समाजिक सञ्जालमा समेत स्टाटस लेख्दै ‘तनहुँ जिल्ला अनि ऑबुखैरेनी गाउँपालिका छ भन्ने कुरा संघीय बजेटले बिर्सियो कि, नयाँ, पुराना सबै माननीय र सम्मानीयलाई बधाई ।’ उनले भनेका छन् ‘आफ्नै खुट्टामा उभिन सिकौँला ।’

राष्ट्रपती रामचन्द्र पौडेलको जिल्ला तनहुँमा यसपटक बजेटले कुनै सम्बोधन नगर्दा जिल्लाबासीले असन्तुष्टि जनाएका छन् । बजेट अघि नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले सामाजिक सन्जालमा सम्भावित बजेट र योजनाको बारेमा निकै हल्लाखल्ला गरेका थिए तर बजेटले ति कुनै पनि विषयलाई सम्बोधन गरेन ।

बजेटमा तनहुँसँग सम्बन्धित जम्मा पाँच वटा योजना मात्र सम्बोधन भएको छ । ति पनि विगतका योजनाहरुको निरन्तरता मात्रै हो । बजेटमा यस वर्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत देवघाटको विकास गर्ने योजना, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत जिपि कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको पुर्वाधार निर्माण हुने विषय, महिला तथा वालवालिका मन्त्रालय अन्तर्गत आबुखैरेनीको ढकालटारमा बालगृह निर्माण गरिने विषय उल्लेख छ ।
त्यस बाहेक भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत डुम्रे–वेशीशहर सडकको निरन्तरता तथा उर्जा मन्त्रालय अन्तर्गत एमसिसि परियोजनाको रातमाटे–दमौली– बुटवल प्रशारण लाईन निर्माण कार्य र पृथ्वीराजमार्गको मुग्लिङ–पोखरा सडक विस्तार योजनालाई मात्र सम्बोधन गरिएको छ । यी सबै नयाँ कार्यक्रम हैनन, सबै पुराना कार्यक्रमलाई निरन्तरता दिईएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर