देवघाटमा पशु हस्तान्तरण तथा पोषक तत्व वितरण

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २०

देवघाट गाउँपालिकाको सहयोग तथा गोहीटार कृषि सहकारी संस्था, देवघाट- ५ को आयोजनामा शनिबार कृषकहरुलाई अनुदानमा पशु हस्तान्तरण तथा गाईभैसीलाई तथा पोषक तत्व वितरण एवं सार्वजनिक सुनुवाइ कार्यक्रम देवघाटमा सम्पन्न भयो ।


गोहीटार कृषि सहकारी संस्थाका अध्यक्ष  विष्णु प्रसाद सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा देवघाट गाउपलिका वडा न ५ का वडा अध्यक्ष  पुर्णबहादुर कुवँर, देवघाट गाउँपालिकाका पशुपन्क्षी शाखाका प्रमुख दिपक सिंह धामी लगायतले मन्तव्य राखेका थिए ।

सो अवसरमा गाउँपालिकाको ५० प्रतिशत अनुदानमा ८ वटा भैंसी र २ वटा गाई कृषकहरुलाई हस्तान्तरण गरिएको थियो ।

सो कार्यक्रममा सहकारीका कोषाध्यक्ष बद्री प्रसाद मिश्रले कार्यक्रमको औचित्य र स्वागत मन्तव्य तथा सचिव भरत आचार्यको सन्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र