दमौली, जेठ २७
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले सामाजिक कार्यमा रेडक्रसको भुमिका उल्लेखनीय रहेको बताएका छन् । शुक्रबार तनहुँको दमौलीमा आयोजित नेपाल रेडक्रस सोसाइटी तनहुँले आयोजना गरेको ‘राष्ट्रिय युवा नेतृत्व विकास प्रशिक्षण’ कार्यक्रमलाई सम्वोधन गर्दै नेता पौडेलले पछिल्लो समय रेडक्रसप्रति युवापिँढीको पनि आकर्षण बढेको बताए ।



उनले देशमा भएका विपतका घटनमा सबैभन्दा पहिला रेडक्रसमा आवद्ध भएका मानिसहरु उद्धारमा लाग्दै आएको भन्दै यो संस्था सामाजिक कार्यमा विस्वमै अग्रपंतिमा छ । ‘अझै यो संस्थाप्रति गरिमा बढाउन रेडक्रसमा लागेका सदस्यहरुले जिम्मेवारी पुर्वक लाग्नुपर्छ,’ उनले भने । अव रेडक्रसमा आवद्ध भएका युवापिढीहरु पनि सक्रिय रुपमा सामाजिक कार्यमा लाग्नु पर्ने र जसले गर्दा नेतृत्वमा पुग्न सहज हुने भन्दै पौडेलले आफु पनि विपत्तिका वेलामा रेडक्रससँग समन्वय गरेर काम गरेको स्मरण गरे ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले रेडक्रसले धेरैजसो युवा नेतृत्व परिचालन गर्नलाई युवानेतृत्व कार्यक्रमहरु ल्याउन थालेको बताए । प्रशिक्षणमा सिकेका कुराहरु जिल्लामा गएर सबैलाई सेयर गर्नुपर्ने भन्दै उनले जसले गर्दा रेडक्रसका सदस्यहरुको नेतृत्वमा पनि विकास पुग्ने बताए ।
रेडक्रस तनहुँका सभापति डा.कृष्ण प्रसाद गौतमले सबैले सामाजिक मनोभावना लिएर हातेमालो गर्दै काम गर्नुपर्ने बताए । उनले देशभरका प्रतिनिधिहरुलाई बोलाएर यहाँ प्रशिक्षण दिन लागेको भन्दै प्रशिक्षणले रेडक्रसकर्मीलाई सहयोग पुग्ने बताए गौतमले तनहुँमा रक्त संचार केन्द्रको स्थापनाका लागि पहल भैरहेको बताए । रगतकै अभावमा कतिपयले ज्यान गुमाउनुपर्ने समस्या देखिएकाले रक्त संचार केन्द्र स्थापना भएपछि सहज हुने उनको भनाइ छ ।
नेपाल रेडक्रस सोसाइटी तनहुँ, केन्द्रिय कार्यालय जुनियर युवा विभागको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखा अन्तर्गत जुनियर युवा समितिको आयोजनामा तनहुँको संयोजनमा भएको उक्त प्रशिक्षण तीन दिनसम्म चल्ने छ । प्रशिक्षणमा विभिन्न जिल्लाबाट आएका रेडक्रसका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । कार्यक्रम रेडक्रस तनहुँका मन्त्री सुर्यचन्द्र हड्खलेले संचालन गरेका थिए ।












