देवघाटमा आँप टिप्ने क्रममा रुखबाट लडि एक विद्यार्थीको मृत्यु

Devghat Online

शेयर गरौ

विष्णु पाण्डे

देवघाट, जेठ २७

रुखमा चढि आँप टिप्ने क्रममा देवघाटमा शनिबार दिउँसो एक स्कुलले विद्यार्थीको मृत्यु भएको छ ।

बर्दिया जिल्ला घर भई देवघाट गाउँ पालिका-५ क्षेत्री टोल स्थित बद्रि नारायण आश्रममा बस्दै आएका १८ वर्षिय नवीन रेग्मी सोही आश्रम परिसरमा रहेको आँपको रुखमा चढि आँप टिप्ने क्रममा रुखको हाँगा भाचिएर लडी तल रहेको फलामको खाँबोमा परी सख्त घाइते भएकोमा उपचारको लागि चितवनको भरतपुर अस्पतालमा लगिएकोमा सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख कृष्णबहादुर बानियाँले जानकारी दिए ।

मृतक चितवनको नारायणगढ स्थित आदिकवि भानुभक्त माविका कक्षा ११ मा अध्ययनरत थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता