साउदीमा काम गर्न जान अब एसईई पास अनिवार्य

Devghat Online

शेयर गरौ

काठमाडौं, जेठ २८

नेपालबाट साउदी अरबमा काम गर्न जाने कामदारहरुले एसईई पास गरेको हुनुपर्ने भएको छ ।

साउदी सरकारले परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभाग र साउदी दूतावासबाट एसईई उत्तीर्ण प्रमाणपत्र प्रमाणीकरण भएपछि मात्रै नेपाली श्रमिकहरू जान पाउने व्यवस्था गरेको हो ।

साउदी सरकारका अनुसार शैक्षिक प्रमाणपत्रअन्तर्गत एसइई वा एसएलसीभन्दा तलको प्रमाणीकरण हुनेछैन । त्यसैले अब सोसरह पढेका व्यक्तिहरुमात्रै साउदीमा रोजगारीमा जान पाउनेछन् ।

यसैबीच वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले सीप सिकेका वा काम जानेका कामदारको शैक्षिक योग्यता तोक्न नहुने बताए ।

उनले भने, ‘नेपाली कामदारले सीप सिकेका छन् र उनीहरु साउदीमा काम गर्न जान्छन् भने शैक्षिक योग्यता तोक्न हुँदैन । साउदीले शैक्षिक योग्यता नै तोकेर कामदार लैजाने हो भने हामी कुनै किसिमको पनि कामदार साउदीलाई पठाउँदैनौं ।’

साउदीको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गर्ने व्यवस्थाले श्रमिक पठाउन नसक्ने अवस्थाा सिर्जना हुने उनको भनाइ छ ।

‘मजदुरीका लागि जाने श्रमिकको शैक्षिक योग्यता तोकिनु गलत अभ्यास हो’, अध्यक्ष भण्डारीले भने, ‘साउदी जाने भनेको धेरै क्लिनर, निर्माण र सुरक्षा गार्डलगायत काममा हो । मजदुरीका लागि विश्वका जुनसुकै मुलुकमा जान पनि शैक्षिक योग्यताको प्रमाणपत्र खोजिँदैन ।’

तर, साउदीले किन शैक्षिक योग्यता भनेको हो थाहा नभएको उनले बताए । साउदीले अन्य मुलुकमा पनि यस्तो व्यवस्था लागू गर्न प्रस्ताव गरेको थियो । तर, अन्य देशले अस्वीकार गरिसकेको र नेपालले पनि यसको समाधानका लागि कूटनीतिक पहल गर्नुपर्ने अध्यक्ष भण्डारी बताउँछन् ।

साउदीमा धेरै नेपालीहरुले काम गरिरहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत वर्षमात्रै करिब २ लाख नेपालीले श्रम स्वीकृति लिएर काम गर्न साउदी गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर