व्यास नपा भित्रका सहकारीको भेला सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, जेठ २८

ब्यास नगरपालिका भित्रका सहकारीहरुको भेला आईतबार सम्पन्न भएको छ । जिल्ला सहकारी संघको आयोजना र ब्यास नगरपालिकाको व्यबस्थापनमा आयोजित सो कार्यक्रममा सहकारी क्षेत्रको समस्याको बारेमा छलफल गरिएको थियो ।

जिल्ला सहकारी संघ तनहुाका अध्यक्ष प्रदिपराज अधिकारीको अध्यक्षता सम्पन्न सो कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष अमर बहादुर भण्डारी, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, जिल्ला सहकारी संघका अध्यक्ष प्रदिप अधिकारी, राष्ट्रिय सहकारी बैंक दमौली शाखा प्रमुख उपेन्द्र दाहाल लगायतले सहकारी क्षेत्रका समस्याहरुको बारेमा मन्तव्य राखेका थिए ।

सो कार्यक्रमको सन्चालन व्यास नपाका सहकारी उपशाखाका प्रमुख राजुहरी पण्डितले गरेका थिए भने जिल्ला सहकारी संघकी उपाध्यक्ष सिर्जना तिवारीले स्वागत मन्तव्य राखेकी थिईन् ।

सो कार्यक्रममा व्यास नगरपालिका भित्रका विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा व्यबस्थापकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता