संगठन निर्माणमा आक्रामक राष्ट्रिय स्वतन्त्र पार्टी

Devghat Online

शेयर गरौ

दमौली, जेठ २९

राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँमा आक्रामकरुपमा संगठन निर्माण गरिरहेको छ । सो पार्टीले तनहुँकै २ वटा निर्वाचन क्षेत्रमा कार्यकर्ता भेला गरिसकेको । साथै स्थानीय तह स्तरीय भेला र वडा स्तरीय भेला पनि भईरहेको सो पार्टीले जनाएको छ ।

अनलाईन मार्फत सदस्यता आवदेन दिएका पार्टी सदस्यहरुको भेलाले संगठन निर्माणमा छलफल गरेको सो पार्टीका जिल्ला संयोजक विकास सिग्देलले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले कमिटि निर्माणकोलागि पनि अनलाईन मार्फत नै उम्मेदबारी आवदेन लिने व्यवस्था गरेको सिग्देलले बताए ।

हालसम्म आवुँखैरेनी, देवघाट र भानुमा पालिका स्तरीय कमिटि गठन भईसकेको र अन्य पालिकामा भेला भईरहेको र चाँडै नै कमिटि गठन गर्ने प्रक्रिया हुने सो पार्टीले जनाएको छ । सो पार्टीले सोमबार दुलेगौंडाको शिव मन्दिरमा क्षेत्र नम्बर २ भेला आयोजना गरेको छ ।

सो पार्टीले आगामी असार १७ गते भित्र गठन भएका वडा समितिहरुलाई असार ३० गते भित्र निर्वाचन क्षेत्र समिति मार्फत केन्द्रमा अभिलेखिकरण गर्ने जनाएको छ । साथै गठन हुन बाँकी वडाहरुमा साउन १ देखि ३२ गते भित्र उम्मेदवारी दर्ता गर्ने जनाएको छ । वडा स्तरमा सभापति, उपसभापति, सचिव र सदस्यहरु ८ जना गरी ११ जना रहने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता