स्वर्गद्वारीबाट फर्केको कार दुर्घटनामा मृत्यु हुनेमध्ये ७ जना २ घरका

Devghat Online

शेयर गरौ

बुटवल, जेठ २९

स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको गाडी दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको छ ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीका अनुसार दुर्घटनामा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल,उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया श्रीमती राधा नेपाली र उनीहरूकै ९ बर्षका छोरा आदित शाहको मृत्यु भएको हो ।

यस्तै, कार चालक दाङको लमहीका ताराबहादुर कुमालको यसअघि नै सनाखत भइसकेको छ । प्युठानको भिग्री नजिकै लु १ च ६३४५ नम्वरको स्कारपियो आज दिउँसो भीरबाट खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र