नीति तथा कार्यक्रमकोलागि नागरिकको सुझाव माग्दै देवघाट गाउँपालिका

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २९

देवघाट गाउँपालिकाले नीति तथा कार्यक्रमकोलागि नागरिकको सुझाव संकलन गरेको छ । देवघाट गाउँपालिकाको हलमा सोमबार आयोजित कार्यक्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमकोलागि नागरिकको तहबाट सुझाव संकलन गरिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

गाउँपालिकाले अहिले नीति तथा कार्यक्रम तर्जुमा गरिरहेको हुँदा उक्त नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषयमा नागरिकको सुझाव र सल्लाह संकलन गरिएको र उपुयुक्त सुझावहरु नीति तथा कार्यक्रममा समेटिने अध्यक्ष थापाले बताए ।

सो कार्यक्रममा देवघाटबासीले ढुङ्गा, गिटी, बालुवाको अबैध उत्खननमा रोक लगाउनु पर्ने, देवघाटमा चोरीका घटनामा बृद्धि भएको हुँदा त्यसलाई नियन्त्रण गर्नु पर्ने, बाँदर आतंकबाट सर्वसाधरण मारमा परेको हुँदा बाँदर आतंक रोक्नु पर्ने, लामो खडेरीले कृषिबालीमा ठुलो क्षती पुगेको हुँदा पीडित कृषकलाई राहतको कार्यक्रम ल्याउनु पर्ने मागहरु राखेका थिए ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष थापाले राजनैतिक दल र नागरिकहरुबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा शिक्षा, स्वास्थ्य, बाटोघाटो, खानेपानी लगायत विषयलाई सम्बोधन गरि नीति तथा कार्यक्रम बनाईने बताए ।

सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ, प्रमुख प्रशासकिय अधिकृत रमेश सुवेदी, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवर, वडा नम्बर १ का अध्यक्ष मनिराज गुरुङ, वडा नम्बर २ का अध्यक्ष मिन बहादुर राना, वडा नम्बर ३ का अध्यक्ष टेकबहादुर आले, वडा नम्बर ४ का अध्यक्ष मित्रलाल गुरुङ, नेकपा एमाले देवघाटका अध्यक्ष केशवचन्द्र न्यौपाने, नेकपा माओवादी केन्द्र देवघाटका संयोजक जयकृष्ण सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटका संयोजक बलबहादुर क्षेत्री लगायतका सहभागीले विभिन्न जिज्ञासा, सुझाव र टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर