विद्यार्थीलाई पढ्दै, रमाउँदै र कमाउँदै कार्यक्रम अन्तर्गत विद्यालयमा कुखुरा पालन

Devghat Online

शेयर गरौ

दमौली, असार ६

तनहुँको आवुँखैरेनी गाउँपालिका–६ स्थित कन्यादेवी माविमा विद्यार्थीलाई पढ्दै, रमाउँदै र कमाउँदै कार्यक्रम अन्तर्गत लोकल कुखुरा पालन सुरु गरिएको छ ।

विद्यालयले बुधबारदेखी विद्यालयको एउटा कोठामा २ सय वटा स्थानीय प्रजातीका कुखुराको चल्ला पाल्न सुरु गरेको विद्यालयका प्रअ सुर्यमान गुरुङले जानकारी दिए । आँबुखैरेनी गाँउपालिकाको एक वडा एक उत्पादन अन्तरगत विद्यालयले कुखुरा पालन सुरु गरेको प्रअ गुरुङले बताए ।

विद्यालयका विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षा अन्तर्गत पढ्दै रमाउँदै, कमाउँदै अभियानको रूपमा कुखुरा पालनलाई अगाडी बढाईने प्रअ गुरुङले बताए । आवुँखैरेनी गाउँपालिकाले एक वडा एक उत्पादन तथा विद्यार्थीहरुलाई पढ्दै, रमाउँदै र कमाउँदै कार्यक्रम पनि सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो