देवघाटले बैदेशिक रोगजारीबाट फर्केका उद्यमशिल युवालाई अनुदान दिने

Devghat Online

शेयर गरौ

देवघाट, असार ६

देवघाट गाउँपालिकाले बैदेशिक रोगजारीबाट फर्केका उद्यमशिल युवालाई अनुदान दिने भएको छ । देवघाट गाउँपालिकाले गत जेठ पहिलो साता सुचना प्रकाशन गरि बैदेशिक रोजगारीबाट फर्केका उद्यमशिल युवाहरुलाई गाउँपालिकाले दिने अनुदान कार्यक्रममा सहभागी हुन आह्वान गरेको थियो ।

श्रम रोजगार तथा साामजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार बोर्डको सचिवालय र देवघाट गाउँपालिकाको साझेदारीमा चालु आर्थिक वर्षको कार्यक्रम अनुसार बैदेशिक रोजगारबाट फर्किएर आफ्नै गाउँमा उद्यम सन्चालन गरि बसेका २५ देखी ५० वर्ष उमेर भित्रका तथा रोजगार सेवा केन्द्रमा सुचिकृत युवाहरुलाई लक्षित गरि अनुदान कार्यक्रम ल्याएको थियो ।

उक्त अवधिमा निबेदन दिने मध्ये सबै कागजपत्र र प्रक्रिया पुरा भएका ३३ जना युवाहरुलाई न्युनतम ४६ हजार देखी अधिकमत ७० हजार रुपैयाँ सम्म अनुदान उपलब्ध गराउन छनौट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए ।

छनौट भएका युवाहरुले तिन दिन भित्र गाउँपालिकामा उपस्थित भई अनुदान सम्झौता गर्नु पर्ने सुवेदीले जानकारी दिए । अनुदानकोलागि छनौट भएका मध्ये अधिकाशं कृषि तथा पशुपन्छी फर्म सन्चालन गर्ने युवाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४