बन्दीपुर अस्पतालमा ‘पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Devghat Online

शेयर गरौ

बन्दिपुर, असार १०

बन्दीपुरमा महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन ‘ब्रेष्ट’ क्यान्सर रोगको पहिचान गरी आवश्यक स्वास्थ्य परामर्श दिने उद्देश्यले आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य शाखाको बार्षिक कार्यक्रम अनुसार बन्दीपर गाउँपालिकाको आयोजना तथा क्यान्सर केयर नेपाल (सीसीएन) र नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टर जावलाखेल ललितपुरको प्राविधिक सहयोगमा यहि असार ८ र ९ गते दुई दिन निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

महिलाहरूमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले वडा नं. ४ स्थित बन्दीपुर अस्पतालमा शिविर सम्पन्न भएको अस्पतालका प्रसाशन प्रमुख भगवान त्रिपाठीले बताए।

शिबिरमा ५५० जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराइले बताए । ५०० जनाको पाठेघर परीक्षण तथा ५० जनाको दन्त परीक्षण भएको थियो । जसमध्ये उक्त परिक्षणबाट १ जनामा क्यान्सर प्रमाणित भएको र १४ जनामा क्यान्सरको शंकास्पद रहेको छ ।

यस्तै, शिविरमा भिआइए ९दृष्य निरीक्षण कार्य० विधिबाट पाठेघरको मुखको क्यान्सर सम्बन्धी सम्भावनाको जाँच गर्दा भविष्यमा ८ देखि १० प्रतिशत महिलामा क्यान्सर हुन सक्ने सम्भावना देखिएकाले शिविरकै क्रममा सजगता अपनाउन सुझाव दिइएको थियो।

पाठेघरको मुखको क्यान्सर सम्बन्धी उपचार कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको बताउँदै सानै उमेरमा धेरै सन्तान जन्माउने, खानपान र सरसफाइमा ध्यान नदिने र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा पाठेघरको क्यान्सरको जोखिम बढी हुने गरेको बताए।

नेशनल क्यान्सर हस्पिटल जावलाखेलका डा.मदन पियाको नेतृत्वमा सञ्चालित उक्त स्वास्थ्य शिविरमा नेशनल क्यान्सर हस्पिटल जावलाखेलकी स्तन क्यान्सर विशेषज्ञ डा। वानिरा कार्की, नेशनल क्यान्सर हस्पिटल तथा सिभिल हस्पिटलका स्त्री क्यान्सर रोग विशेषज्ञ डा. जितेन्द्र परियार, सिभिल हस्पिटलकी डा. पुनम लामा, पिपुल्स डेन्टल कलेजकी बाल दन्त रोग विशेषज्ञ प्रा.डा. सुनान्दा सुन्दास, नेशनल क्यान्सर हस्पिटलका मेडिकल अफिसर डा. उत्सव पिया, बन्दिपुर अस्पतालका मेडिकल अफिसर डा. आशिष अधिकारी र बन्दिपुर अस्पतालकी मेडिकल अफिसर डा. सुहाना मिया लगायतको स्वास्थ्यकर्मीको टोली द्वारा स्वास्थ्य परीक्षण गरिएको थियो।

शिविरमा रोटरी हेरिटेज होम बन्दिपुर छेँ को समेत सहयोग रहेको थियो‌ भने बन्दिपुर, भानु, व्यास र आँबुखैरेनीबाट स्वास्थ्य परीक्षणका लागि बिरामीहरु आएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको