तनहुँमा बौद्विक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाज गठन

Devghat Online

शेयर गरौ

दमौली, असार १०

जिल्लाको व्यास नगरपालिकामा पहिलो पटक बौद्विक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाज गठन गरिएको छ । आइतबार दमौलीमा भएको भेलाले पण्डित तिलक विश्वकर्माको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्य समिति गठन गरेको हो ।

समाजको उपाध्यक्षमा पूर्ण बहादुर घिमिरे,सचिवमा बिश्व बुढा परियार,कोषाध्यक्षमा गणेशबहादुर दुलाल,सहसचिवमा मान बहादुर परियार चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा माधव बहादुर बिश्वकर्मा,सम्शेर बहादुर सुनार,काजी परियार,चन्द्रबहादुर बिश्वकर्मा,सुकदेव विश्वकर्मा,अर्जुन सुनार,सूर्य बहादुर परियार,एस.बि.नेपाली र पूर्ण बिके चयन भएका छन् । एक जना सदस्य पछि मनोनित गरी थप गरिने सो समाजले जनाएको छ ।

यसैविच परिवर्तनका लागि मिडियाको आयोजना तथा व्यास नगरपालिकाको आर्थिक सहयोगमा दलित समुदायका लागि आयोजित तीन दिने कर्मकाण्ड तालिम आइतबार समापन भएको छ । कार्यक्रमका प्रमुख अतिथी व्यास कार्यपालिका सदस्यद्वय रनसिं नेपाली, ज्ञानुमाया सुनार र दलित उत्थान बर्ग समन्वय समितिका पूर्व उपाध्यक्ष कृष्ण रुचाल लगायतकाले सहभागि प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

उक्त तालिममा व्यासका चौध वटै वडाबाट एक जनाका दरले चौध जनाको सहभागिता रहेको आयोजक संस्थाका संचालक पूर्ण बिकेले जानकारी दिए । व्यास नगरपालिका कार्यपालिका सदस्य चन्द्रमाया परियारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा व्यास कार्यपालिका सदस्यद्वय रनसिं नेपाली, ज्ञानुमाया सुनार, अधिवक्ता अमृत बहादुर नेपाली, पूर्व जिसस सदस्य केशबहादुर सुनार, दलित उत्थान बर्ग समन्वय समितिका पूर्व उपाध्यक्ष कृष्ण रुचाल, महिला विकास कार्यालयकी पूर्व कर्मचारी रेणु नेपाली, दलित पण्डित कुल प्रसाद पोख्रेल, अशोक कुमार विश्वकर्मा लगायतका वक्ताहरुले मन, बचन र कर्ममा परिवर्तन गर्दै तालिममा सिकेका सीपलाई उपयोगमा ल्याउनुपर्ने जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको