भरुवा बन्दुक सहित पक्राउ परेकालाई अनुसन्धानकोलागि म्याद थप

Devghat Online

शेयर गरौ

दमौली, असार १०

अबैध भरुवा बन्दुक सहित पक्राउ परेका घिरिङ गाउँपालिका–४ करूवाटार स्थित सालिग्राम कोरिडोर मोटरमार्गका ५९ बर्षिय टेक बहादुर सोती मगर अनुसन्धानकोलागि म्याद थप गरि थुनामा राखिएको छ ।

गत शुक्रबार बिहान ११ः५५ बजे एकनाले भरूवा बन्दुक साथमा लिई हिडेको अवस्थामा नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा उनको साथबाट फलामको छर्राका टुक्रा, बारुद, प्लाष्टिक कागजको टुक्रा, पटका समेत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानरी दिए ।

पक्राउ परेका उनलाई हातहतियार खरखजना मुद्दामा आईतबार तनहुँ जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको डिएसपी खाँणले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुल देवघाटमा विभिन्न कार्यक्रम हुने

देवघाट, माघ ५ राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा