चुनाव नजिते पनि विकास गरिरहनेछुः भट्टराई

Devghat Online

शेयर गरौ

दमौली, असार १२

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पदमा नरहे पनि आफू तनहुँको विकासे अभियानमा निरन्तर लागिपर्ने प्रतिवद्धता जनाएका छन् । तनहुँको देवघाट गाउँपालिका–१ कोटामा नवनिर्मित महाकाली आधारभूत विद्यालयको भवन उद्घाटन गर्दै उनले चुनाव नजिते पनि विकासका कार्य निरन्तर गरिरहेको र गरिरहने प्रतिवद्धता जनाए । ’मैले पदका लागि राजनीति गरेको होइन,’ उनले भने, ’जनताको विकासका आवश्यकता पूरा गर्न जुन ठाउँमा भए पनि सकेको लागि पर्नेछु ।’

उनले चुनावमा विजेताहरुले जनताको विकासे आवश्यकता सम्बोधन गर्नुपर्ने भए पनि गाली गलौजमा मात्र सीमित भएको उनले आरोप लगाए । रास्वपा र विजेता सांसद स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै उनले भने, उहाँहरुको काम नै गाली गर्ने हो कि जस्तो देखियो । भट्टराईले भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानविन हुनुपर्ने भन्दै कांग्रेस, एमाले, माओवादी वा रास्वपाका नेता जोसुकै जोडिएका घटनामा पनि छानविन हुनुपर्ने पक्षमा आफू र पार्टीसमेत रहेको बताए । प्रश्न जोसुकैमाथि उठेका छन्, भर्खरै आएको रास्वपा होस् वा एमाले, माओवादी अनि कांग्रेस नै किन नहोस्, हामी सबै घटनामा निष्पक्ष अनुसन्धानको पक्षमा छौं ।

कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि सुरेश भट्टराईले तनहुँको विकास निर्माणका लागि भट्टराई निरन्तर सक्रिय रहेको भन्दै हालै मात्र पनि जिल्लाका विभिन्न विकासे योजनाका लागि भट्टराईको पहलमा बजेट परेको बताए ।

कांग्रेस जिल्ला सदस्य खम्बसिं रानाले चुनाव एउटाले जिते पनि हार्नेसँग योजना माग्नुपरेको भन्दै निर्वाचित जनप्रतिनिधि आफ्नो घरदैलोमा नआएको गुनासो गरे । ३२ लाख लागतमा जिल्ला आयोजना कार्यान्वयन एकाई तनहुँद्वारा निर्मित भवनका लागि केन्द्रीय सदस्य भट्टराईले खेलेको भूमिकाका लागि स्मरण गरिएको विद्यालयका अध्यक्ष अमृतलाल भुजेल तथा प्रधानाध्यापक कृष्ण खनालले बताए । उनीहरुले विपन्न वर्गका विद्यार्थी अध्ययन गर्ने विद्यालयको थप भौतिक विकासका लागि समेत भट्टराईको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण