व्यासले उठायो झण्डै १२ करोड राजश्व

Devghat Online

शेयर गरौ

दमौली, असार १२

तनहूँको व्यास नगरपालिकाले चालु वर्षको जेठ मसान्त सम्म ११ करोड ८५ लाख ७९ हजार ५३ रुपैया राजश्व संकलन गरेको छ । सबै भन्दा धेरै मादी नदि प्राकृतिक स्रोत साधनबाट राजश्व संकलन भएको छ ।

ढुंगा, गिटी तथा बालुवाबाट १ करोड ६२ लाख राजश्व संकलन गरेको छ भने सम्पत्ती कर बाट ८९ लाख १४ हजार ३ सय ६४, भूमिकर तथा मालपोतबाट ५२ लाख ९८ हजार ५ सय २८,घरवहाल करबाट ८४ लाख ३५ हजार ५ सय ६८, घरभाडा वापत १ करोड ५४ लाख १७ हजार ९ सय ५४ राजश्व संकलन गरेको छ ।

त्यस्तै घरनक्सा पास दस्तुरबाट ८५ लाख ४८ हजार ९ सय ३३, व्यवसायीक करबाट ३४ लाख १२ हजार ४ सय ४६ राजश्व संकलन भएका छ । गएको माघ देखि जेठ मसान्त सम्म ६ वटा निकासी केन्द्रको डिपोबाट १ करोड ६२ लाख ५७ हजार ४ सय ८० राजश्व संकलन गरेको राजश्व व्यवस्थापन शाखाका प्रमुख कृष्णराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार चापाघाट, कुमालटारी, मादीवेशी, सत्रसय, सेरा बोटेटार र दुलेपानी गरि ६ वटा निकासी केन्द्रबाट उक्त राजश्व संकलन गरिएको हो । ठेक्का नलगाएपछि नगरपालिकाले गएको माघको दोस्रो साता देखि आफै राजश्व संकलन गरेको उनले बताए । उनले भने, ‘मादी नदी देखि कलेस्ती सम्मको खण्डको ठेक्का लागेको थियो, तर ठेक्का लागेको कम्पनीले सम्झौता गर्न नआएपछि हामी आफैले कर्मचारी खटाएर राजश्व संकलन गरेका थियौं, कलेस्ती देखि शिशाघाट सम्मको खण्डको ठेक्का नै नलागेपछि त्यहाँबाट पनि हामीले कर्मचारी खटाएर राजश्व संकलन ग¥यौं ।’

ठेक्का लागेको खण्ड क मा कम्पनी सम्झौता गर्न नआएपछि कम्पनीले धरौटी राखेको रकम ७ लाख ७६ हजार जफत गरिएको घिमिरेले बताए । नगरपालिकाले चापाघाट निकासी केन्द्रको डिपोबाट ८९ लाख ३३ हजार ९ सय,कूमालटारी निकासी केन्द्रबाट ५१ लाख ७२ हजार ६ सय ५५, मादीवेशी निकासी केन्द्रबाट १ लाख २४ हजार ९५०, सत्रसय निकासी केन्द्रबाट ५ लाख ९९ हजार २ सय ५०, सेरा बोटेटार निकासी केन्द्रबाट ४ लाख १४ हजार ३ सय ७५ र दुलेपानी निकासी केन्द्रबाट १० लाख १३ हजार ३ सय ५० राजश्व संकलन भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना