देवघाटमा बुढा रुखहरु समस्या बन्दै, डेढ महिनामा २ वटा रुख घरमाथी ढल्यो

Devghat Online

शेयर गरौ

देवघाट, साउन २४

देवघाट गाउँपालिकामा बुढा रुखहरु समस्या बन्दै बन्दै गएका छन् । बुढा रुखहरु दुर्घटनाको कारण बन्दै गएका छन् । दुई महिनाको विचमा दुई वटा रुख स्थानीयको घरमाथी ढलेर भौतिक क्षती भउको छ । मानविय क्षती नभएपनि रुखले घरलाई भने क्षती पुगेको छ ।

घर नजिकै ठुला रुखहरु रहेको कारण ति रुख कुनै पनि बेला घरमाथी ढल्ने अवस्था बनेको छ । मंगलबार देवघाट गाउँपालिका–५ नयाँबस्ति कालिकाटोल स्थित नर बहादुर आलेको घर माथि रुख ढलेर घर पुर्ण रुपमा क्षती भएको छ । दुई दिनसम्म लगातार पानी परेको कारण जमिन गलेर रुढ ढलेको थियो । रुख घरमाथी ढल्दा थापा र उनकी श्रीमती घर भित्रै थिए । धन्न उनीहरु दुर्घटनाबाट बचेका छन् । थापा आर्थिक रूपमा नाजुक छन् उनकी श्रीमती आँखाको क्यान्सरबाट पीडित छिन् ।

यस अघि गत असार १६ गते देवघाट गाउँपालिका–५ देवपुर टोलका चीजकुमार नेपालीको घरमाथी रुख लडेको थियो । घर नजिकै रहेको रुख ढलेर घरको छानामा लागेको थियो । घरमाथी रुख ढलेको कारण भौतिक क्षति भएको थियो ।

देबघाटमा रुखको जोखिममा रहेको घर हरु धेरै छन् । यसबारेमा सम्बन्धित निकाय गम्भिर बन्नु पर्ने नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेले बताए । यस विषयमा समयमै सचेत नबने हो भने भोलि घर माथि रुख ढलेर मानविय क्षति समेत व्यहोर्न पर्ने अवस्था आउन सक्ने न्यौपानेले बताए ।

घर नजिकै जरा गलेका बुढा रुखहरु हुँदा ति रुखहरु कुनै पनि दिन ढल्न सक्ने खतराप्रति सरोकारवाला निकायहरु समयमै गम्भिर बनेर ति रुखको समयमै व्यवस्थापन गर्न तर्फ लाग्नु पर्ने न्यौपानेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र