एमाले सांसद न्यौपानेको आरोप– सुन तस्करी प्रकरणमा सरकारको संलग्नता छ

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन २६

नेकपा एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले सदन अवरुद्ध गर्न सरकारले बाध्य बनाएको बताएकी छिन् । राष्ट्रियसभा बैठकमा उच्चस्तरीय समिति बनाउन पटक–पटक भन्दा पनि सरकारले वास्ता नगरेकाले बाध्य भएर सदनमा अवरोध गरेको बताइन् ।

‘हामीलाई सदन अवरुद्ध गर्न बाध्य बनाइएको छ । यो रमाइलोका लागि र रहरका लागि गरिरहेका छैनौँ । नेपाललाई तस्करीको अखडाबाट मुक्त पार्नुपर्छ । अखडा बनाउनु हुँदैन भनेर पटक–पटक भन्यौँ,’ उनले भनिन् ।

मन्त्रीहरूको समेत संलग्नता रहेको आशंकाले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गरिएको उनले बताइन् । ‘सरकार आफैँ संलग्न भन्ने आशंका छ । तथ्यहरूले मन्त्रीहरू संलग्न छन् भन्ने पुष्टि भइसकेको छ । राज्यको मिलेमतो रहेको पुष्टि हुने आधार धेरै छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता