माल्टामा गीत गजल सुमधुर साँझका साथै साँस्कृतिक कार्यक्रम हुदै

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन संवाददाता
११ अगष्ट

माल्टा /  यहि अगष्ट १३ तारिकआइतबार माल्टामा गीत गजल सुमधुर साँझका साथै तिज विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
इसियन्सियल इलेमेन्टस् का सञ्चालक भिम कमल के सि को सभापतित्वमा हुन लागेको यस कार्यक्रम एम सिदा फुटबल ग्राउन्डमा बेलुका ५ बजेबाट हुनेछ । कार्यक्रममा लोकप्रिय गायक थानेश्वर गौतम र चर्चित लोक गायिका सुनिता दुलालको प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने भएकाले यस कार्यक्रमबाट माल्टाबासी नेपालीहरुलाई भरपुर मनोरञ्जन पुग्ने आयोजकले जनाएका छन् ।

आयोजकका अनुसार यस विशेष कार्यक्रमका लागि लोकप्रिय गायक थानेश्वर गौतम माल्टा आइसक्नु भएको र चर्चित लोक गायिका सुनिता दुलाल अगस्ट १२ तारिखमा मात्रै माल्टामा प्रस्थान हुनेछ ।
कार्यक्रमको लागि टिकट बिक्री खुला भइसकेको हुँदा मात्र १० मा टिकट लिन सकिने कार्यक्रम संयोजक सन्तोष पाठकले बताए । उनले कार्यक्रम सभ्य र भव्य बनाउँनका लागि कार्यक्रममा उपस्थित हुन माल्टाबासी नेपालीहरुलाई समेत आग्रह गरेका छन् । नेपाली लगाएत माल्टिज कम्पनीहरुको समेत सहयोग रहेको यस कार्यक्रममा
माल्टामा रहेको नेपालीहरु बिच आपसी सद्भाव कायम गर्न र नेपाली साहित्य, कला र साँस्कृतिकलाई जगेर्ना गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम प्रचारप्रसार संयोजक एलिस सन्जेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका