कमलादेवी मन्दिरमा पुरुषोत्तम महात्म्य भक्ति कथा सत्सङ्ग कार्यक्रम

Devghat Online

शेयर गरौ

भरतपुर, साउन २६
भरतपुर ११ स्थित कमलादेवी मन्दिर प्राङ्गणमा गत साउन २३ गतेदेखी पुरुषोत्तम महात्म्य भक्ति कथा सत्सङ्ग सन्चालन भईरहेको छ । उक्त पुरुषोत्तम महात्म्य साउन २७ गते शनिबारसम्म चल्नेछ ।
कमलादेवी मन्दिर सत्सङ्ग समिति एवम् मान्दिर व्यवस्थापन समितिको आयोजनामा भईरहेको उक्त कार्यक्रममा प्रवक्ता आचार्य श्री वुद्धिसागर भण्डारी ’मृदुल’ ज्यूबाट संगितमय कथा बाचन भईरहेको छ । उक्त साँस्कृतिक समूह सहितको सुन्दर पञ्च दिवसीय श्री पुरुषोत्तम महात्म्य भक्ति कथा श्रवणकोलागि सहभागी हुन मन्दिर व्यवस्थापन समितिले सम्पूर्ण भक्तजनहरूलाई निमन्त्रणा गरेको छ ।

मलमासमा भगवान विष्णुको विशेष पुजाअर्चना हुने गरेको छ । मलमासलाई पुरुषोत्तम मासका रूपमा स्थापित गरी धर्मकर्मका लागि विशेष उपयोगी मानिन्छ । यो दुर्लभ महिनामा जसले नित्य स्नान गरी भगवान् पुरुषोत्तमको पूजाआराधना, यज्ञ–अनुष्ठान तथा दानधर्म गर्दछ, उसले अत्यधिक पुण्यफल प्राप्त गर्दछ भनी स्वयं भगवान् पुरुषोत्तमले पुरुषोत्तम मासको महिमा बताउनुभएको प्रसंग पुराणहरूमा उल्लेख छ ।

पौराणिक कथन

प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मल मासको स्वामी छैनन् । यसकारण अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवम् पितृ कार्य वर्जित मानिएको छ । यद्यपि, पुराणमा अधिक मास पुरुषोत्तम मास कसरी बन्न पुग्यो भन्ने रोचक कथा दिइएको छ । कथाअनुसार स्वामी अर्थात् मालिक नभएका कारण अधिक मासलाई सबैले मल मास भन्न थाले । यसबाट मल मासको निन्दा हुन थाल्यो । यो कुराबाट दुःखी भएको मल मास भगवान् विष्णुकहाँ पुग्यो र आफ्नो दुःख बिसायो ।

भक्तवत्सल श्रीविष्णुले उसलाई गोलोक लिएर गए । गोलोकमा भगवान् कृष्ण विराजमान थिए । दयासागर श्रीकृष्णले मलमासको व्यथा बुझेर उसलाई सान्त्वना दिँदै भने– ‘अबदेखि म तिम्रो स्वामी भएँ । यसबाट मेरा सबै दिव्य गुण तिमीमा समाविष्ट हुनेछन् । म ब्रह्माण्डमा पुरुषोत्तमका नामले प्रसिद्ध छु तसर्थ आजदेखि तिम्रो नाम पनि पुरुषोत्तम हुनेछ । आजदेखि तिमी मल मास नभएर पुरुषोत्तम मासका नामले चिनिनेछौ ।

यसका साथै तीन तीन वर्षमा हुने तिम्रो आगमनमा जसले श्रद्धाभक्तिपूर्वक राम्रा काम गर्छन् ती व्यक्तिलाई अन्य समयमा गरेको उति नै अनुपातको कर्मबाट भन्दा बढी पुण्य प्राप्त हुनेछ ।’
यसरी भगवानले अधिक वा मल मासलाई पुरुषोत्तम मास बनाएर धर्मकर्मका लागि उपयोगी बनाइदिए । यो दुर्लभ महिनामा जसले स्नान, पूजाआराधना, यज्ञअनुष्ठान एवम् दानधर्म गर्छ उसले अत्यधिक पुण्य प्राप्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरलाई राष्ट्रिय रुपमा परिचित गराउन तीज सप्ताहन्न उत्सव सफलः सांसद न्यौपाने

बन्दीपुर, भदौ २२ राष्ट्रिय सभाकी सांसद एवं राष्ट्रिय सभामा सत्तापक्षकी प्रमुख सचेतक भगवती न्यौपानेले तनहुँको